नेभिगेशन
सबै कुरा

वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको राजेन्द्र लिङ्देनको टिप्पणी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौँको भृकुटिमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रुपमा बोलाउनुपर्ने संसद नवोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको टिप्पणी गरेका हुन् ।

Ncell
Extreme Energy

देशलाई अध्यादेशको बाटोतर्फ लैजानुले सरकारको नियत स्पष्ट भएको उनले बताए । लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र समेत मास्न खोजेको आरोप लगाउदै शसक्त प्रतिवाद गर्ने बताए । 

त्यस्तै उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिनु उपलव्धीपूर्ण रहेको भन्दै अर्को बर्ष सरकार आफँैले दिवस मनाउनुपर्ने सुझाव दिए । जलपान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्रीहरु, बिभिन्न दलका नेता कार्यकता तथा शुभेच्छुक लगाएतको उपस्थीति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation

भर्खरै