नेभिगेशन
मुख्य समाचार
Breaking

घुस डील गरेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौँ । घुस डील गरेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद समेत रहेका गुप्ताले भूमि आयोगका जिल्ला अध्यक्षको नियुक्ती र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न घुस डिल गरेका थिए । 

CG

पूर्व भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ र एमालेकै गण्डकी प्रदेशका नेता समेत रहेको सुजन लामाले मन्त्री गुप्ताको क्वाटरमै गएर घुस डिल गरेको अडियो सिधाकुराले सार्वजनिक गरेको थियो ।

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी

सिधाकुरासँग मन्त्री गुप्ताले अडियोमा आफ्नो आवाज भएको स्विकार गरेका थिए । साथै उनलाई घुस रकम बोकेर गएकी नाउपाकी अध्यक्ष समेत रहेकी श्रेष्ठले पनि आफू उपस्थित भएको, कुराकानी गरेको स्विकार गरेकी थिइन् । 

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

घुस डिल गरेको अडियो सार्वजनिक भएपछि पनि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षणको प्रयास गरेका थिए । तर सर्वत्र आलोचना भएपछि प्रधानमन्त्रीकै निर्देशनमा मन्त्री गुप्ताले राजिनामा गरेको बुझिएको छ । 
मन्त्री गुप्ताबारे सिधाकुराले गरेको खुलासा यस्ता छन्:


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
कुलमानको निर्णयमा सर्वोच्चको रोक, प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई पुनःस्थापित गर्न आदेश

कुलमानको निर्णयमा सर्वोच्चको रोक, प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई पुनःस्थापित गर्न आदेश

शाक्यलाई जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गराएका थिए ।
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भएको छलफलमा के विषयमा कुरा भयो ?

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भएको छलफलमा के विषयमा कुरा भयो ?

सोमबार सिंहदरबारमा प्रसाईंसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले अभियानले अघि सारेका मागका बारेमा जानकारी लिएकी हुन् । सो क्रममा प्रसाईंले आफ्ना माग व्यक्तिगत नभइ जनताको माग भएकाले गम्भिर हुन...
फागुन २० गते १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले  २१ गते भोट हाल्न पाउने

फागुन २० गते १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले  २१ गते भोट हाल्न पाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक...

भर्खरै