नेभिगेशन
समाज

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान

दमौली (तनहुँ), २६ जेठः स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो । 

सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकालाई ९४ करोड ३० लाख विनियोजन गरिएको छ । व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ १८ करोड ६० लाख, सशर्त अनुदानतर्फ  ७५ करोड २० लाख र समपुरक अनुदानतर्फ ५० लाख बजेट पाउनेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भानु नगरपालिकालाई ५९ करोड ६८ लाख विनियोजन गरिएको छ । भानुले समानीकरण अनुदानतर्फ १३ करोड ८७ लाख, सशर्त अनुदानतर्फ ४४ करोड ४१ लाख, विशेष अनुदानतर्फ एक करोड र समपुरक अनुदानतर्फ रु ४० लाख पाउनेछ ।

Ncell
Extreme Energy

भिमाद नगरपालिकालाई  ४५ करोड ६९ लाख विनियोजन गरिएको छ । भिमादले समानीकरण अनुदानतर्फ  ११ करोड १४ लाख, सशर्त अनुदानतर्फ  ३० करोड ७३ लाख, विशेष अनुदानतर्फ  एक करोड ६७ लाख र समपुरक अनुदानतर्फ  दुई करोड १५ लाख पाउनेछ । 

शुक्लागण्डकी नगरपालिकालाई ६३ करोड ७८ लाख विनियोजन गरिएको छ । शुक्लागण्डकीले समानीकरण अनुदानतर्फ १४ करोड ६० लाख, सशर्त अनुदानतर्फ ४६ करोड ४३ लाख, विशेष अनुदानतर्फ एक करोड ४० लाख र समपूरक अनुदानतर्फ एक करोड ३५ लाख पाउनेछ । 

आँबुखैरेनी गाउँपालिकालाई ३१ करोड ४१ लाख विनियोजन गरिएको छ । आँबुखैरेनीले समानीकरण अनुदानतर्फ नौ करोड ६७ लाख, सशर्त अनुदानतर्फ  १७ करोड ३६ लाख, विशेष अनुदानतर्फ एक करोड ८० लाख र समपूरक अनुदानतर्फ दुई करोड ५८ लाख पाउनेछ । 

ऋषिङ गाउँपालिकालाई ३६ करोड ५९ लाख विनियोजन गरिएको छ । ऋषिङले समानीकरण अनुदानतर्फ १० करोड ३७ लाख, सशर्त अनुदानतर्फ  २४ करोड ६१ लाख, विशेष अनुदानतर्फ ७६ लाख र समपूरक अनुदानतर्फ  ८५ लाख पाउनेछ । 

घिरिङ गाउँपालिकालाई २८ करोड २९ लाख विनियोजन गरिएको छ । घिरिङले समानीकरण अनुदानतर्फ आठ करोड ७८ लाख, सशर्त अनुदानतर्फ  १८ करोड ८१ लाख र समपूरक अनुदानतर्फ ७० लाख पाउनेछ । 

देवघाट गाउँपालिकालाई ३३ करोड ७० लाख विनियोजन गरिएको छ । देवघाटले समानीकरण अनुदानतर्फ आठ करोड ३२ लाख, सशर्त अनुदानतर्फ २३ करोड ८२ लाख, विशेष अनुदानतर्फ ८६ लाख र समपूरक अनुदानतर्फ ७० लाख पाउनेछ । 

म्याग्दे गाउँपालिकालाई ३० करोड ६५ लाख विनियोजन गरिएको छ । म्याग्देले समानीकरण अनुदानतर्फ नौ करोड ९२ लाख, सशर्त अनुदानतर्फ १८ करोड ६३ लाख, विशेष अनुदानतर्फ  एक करोड ४० लाख र समपूरक अनुदानतर्फ  ७० लाख पाउनेछ । 

बन्दीपुर गाउँपालिकालाई ३२ करोड ६८ लाख विनियोजन गरिएको छ । बन्दीपुरले समानीकरण अनुदानतर्फ नौ करोड छ लाख, सशर्त अनुदानतर्फ २० करोड सात लाख, विशेष अनुदानतर्फ  एक करोड ५० लाख र समपूरक अनुदानतर्फ एक करोड ७५ लाख पाउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ उपत्यका बर्डफ्लुको जोखिममा, द्रुत कार्य टोली परिचालन

काठमाडौँ उपत्यका बर्डफ्लुको जोखिममा, द्रुत कार्य टोली परिचालन

रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब पाँच लाख १५ हजार पंक्षी र सात लाख अण्डा र एक सय ८३ टन दाना नष्ट गरिएको छ । सबैभन्दा...
मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्रीको सचिवालयकाअनुसार  मन्त्रिपरिषद्को बैठक आज विहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।
आफ्नो कानुन आफै बनाउने कानुनमन्त्री सोविता गौतमको निर्णयले जनता उत्साहित, धमाधम सुझाव पठाउँदै

आफ्नो कानुन आफै बनाउने कानुनमन्त्री सोविता गौतमको निर्णयले जनता उत्साहित, धमाधम सुझाव पठाउँदै

जनताले पहिला कानुनबारे जान्नुपर्छ र त्यसपछि कानुन बनाउनुपर्छ भन्ने उद्देश्यका साथ मन्त्री गौतमले कानुन मन्त्रालयको वेबसाइटमा गएर अनलाइनबाट सुझाव लिने व्यवस्था मिलाएकी छिन् । कानुन मन्त्री गौतमको यो...
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भाग, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने सुदूरपश्चिम प्रदेशको...