नेभिगेशन
सबै कुरा

दाइजोमा सुनको सिक्रि नपाएपछि सरकारी कर्मचारीले गरे वरमाला भइसकेको विवाह रद्द

पर्सा । सोमबार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २४ स्थित सुखल साहको घरमा विवाहको माहोल थियो । सो दिन बाराको कलैया उपमहानगरपालिका ४ का २६ वर्षीय उमेश साहसँग सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह तय भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार साँझ बाजागाजा सहित उमेश साह जन्ती लिएर रमिता कुमारीको घर पुगे । जन्तीलाई स्वागत गर्न रमिताका बाबु सुखल साहले कुनै कसुर बाँकी राखेका थिएनन् । जन्तीलाई स्वागत गर्न पन्डालदेखि राम्रो खाना नास्ताको व्यवस्था गरेको थियो । बरमालामा वर बधु सहभागी भए, आफन्त लगायत सबै बेहुलासहित आएको जन्ती देखेर खुसीको सिमा थिएन । 

Ncell
Extreme Energy


तर त्यो खुसी धेरेबेर टिक्न पाएन । बेहुला पक्षले दाइजो नपुगेको भन्दै बखेडा खडा गरे । बेहुला पक्षले दाइजोमा सुनको सिक्रि थप हुनुपर्ने माग राख्यो । बेहुली पक्षले बेहुला पक्षले भनेको अन्य धेरै मागहरु पुरा गरिसकेका थिए । तत्काल सुनको सिक्रि व्यवस्था गर्न संभव पनि थिएन । तैपनि बेहुली पक्षले बेहुला तथा उनको आफन्तलाई केही मत्थर पार्न खोजे तर सकेनन् । 

बेहुली पक्षले बेहुला पक्षको माग बमोजिम दाइजोको व्यवस्था गरिसकेको थिए । बेहुला उमेश वीरगंज महानगरको करार कर्मचारी हुन् । उनी महानगरको स्वास्थ्य शाखामा कम्प्यूटर अपरेटरको रुपमा कार्यरत छन् । सरकारी सेवाको करारमा रहेको भन्दै उमेशको परिवारले दाइजोमा नगद १२ लाख, मोटरसाइकलका लागि थप   नगद ३ लाख २५ हजार, छोरा कम्प्युटर अपरेटर भएकोले एक थान ल्यापटप र एक थान सुनको अंगुठी र हनुमानीको माला माग गरेका थिए । दुलही पक्षले उनीहरुले मागेबमोजिम दाइजोको व्यवस्था गरिसकेका थिए । तर कुरो अड्कियो सुनको सिक्रिमा । 


सिक्रिमा कुरा नमिल्दा बेहुला पक्षले सोमबार राति विवाह मण्डपमै झगडा गर्न थाले । बेहुलाको स्वागत भईसकेको थियो । बरमाला समेत भईसकेको थियो । तर सिक्रि नपाउँदा बहुला पक्षले बिभिन्न बहाना बनाउन थाले । विवाह नगर्न आलटाल गर्न थाले ।  बेहुलाले दाइजोमा सिक्रि नपाए विहे नगर्ने सर्त अगाडि सारेको बेहुलीका आफन्त विन्दुभुषण साह बताउँछन् । 

साहका अनुसार विवाद चर्कदै गयो । बेहुला पक्ष कुटपिटमै उत्रियो । त्यसपछि कसैले प्रहरीलाई खबर गरेको थियो । केही समयमा प्रहरी विवाह मण्डपमा पुग्यो । प्रहरीले बेहुला सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । 


ऋण काढेर छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेका बाबू सुखलले अब उमेशसँग छोरीको विहे गर्ने पक्षमा छैनन् । तर पक्राउ परेकालाई छुटाउन वीरगंज महानगरपालिका केही व्यक्तिहरुले वडा प्रहरी कार्यालयमा मिलापत्र गराउन दबाब दिईरहेको बेहुली पक्षले बताएको छ । 

यता बेहुली भने, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् । ल्याव टेक्निसियनकाे पढाइ सकेकी उनी भन्छिन् ‘एउटा सिक्रिको लागि विवाह नगर्ने बेहुलासँग विवाह गर्दा बिहेपछि दाइजोको लोभमा अन्य हिंसा गर्यो भने ?’

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंङ्गेलले घटना बारे वडा प्रहरी कार्यालयमा मिलापत्र भईरहेको बताएका छन् । वडा प्रहरी कार्यालय श्रीपुरले भने मिलापत्रमा कुरा मिल्ला जस्तो नदेखेर जिल्ला प्रहरी कार्यालयमा पठाईदिएको बताएका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी दिनेश भुषालले भने दाईजोको विषयमा कुनैपनि मिलापत्र हुन नसक्ने बताए । 

मुलुकी अपराध संहिता, २०७४ को दफा १७४ ले परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन बर्जित गरेको छ । दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गरेमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था  छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कैदी 'सपना'को प्रेम: जसले 'जेल ब्रेक' गर्‍यो

कैदी 'सपना'को प्रेम: जसले 'जेल ब्रेक' गर्‍यो

सपना भागेको सूचना पाए लगत्तै प्रहरीले खोजी कार्य सुरु गरेको थियो । प्रहरीले सिसिटिभीमा उनी भागेको यकिन गरेपछि उनी जान सक्ने सम्भावित ठाउँको सूची बनाएर खोजी गर्न थाल्यो...
वीरगन्जका मेयर राजेशमानको फण्डा !

वीरगन्जका मेयर राजेशमानको फण्डा !

जब २०८२ फागुन १२ गते तत्कालीन सुशीला कार्की सरकारले सहसचिव रेशमलाल कँडेललाई वीरगन्जको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिदियो, राजेशमानले नयाँ लफडा सुरु गरे ।
सर्वोच्चमा शर्माः बदलिएको जनादेशले बदल्यो अदालतको रोलक्रम

सर्वोच्चमा शर्माः बदलिएको जनादेशले बदल्यो अदालतको रोलक्रम

३३औं प्रधानन्यायाधीशका लागि परिषदले सिफारिस गर्दै गर्दा मुख्य आधार बनाएको थियो– उनको कार्य क्षमता । सर्वोच्चको न्यायाधीश बनेको पाँच वर्षमा ७ हजारभन्दा बढी मुद्दा फैसला गरेका शर्माको काँधमा...