नेभिगेशन
सबै कुरा

समाचार लेखेको विषयमा पत्रकारलाई धम्की दिनु गलत भयोः खेलकुद मन्त्री जयसवाल

पर्सा । सिधाकुरामा प्रकाशित समाचारको विषयमा सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिएको विषयमा आफ्ना शुभचिन्तकले गल्ती गरेको खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले स्विकार गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अ‌ाईतबार पत्रकार सम्मेलनको अ‌ायोजना गर्दै उनले आफ्ना शुभचिन्तकले कुनैपनि पत्रकार धम्की नदिन र तत्काल सच्याउन लगाएको बताए । 

Ncell
Extreme Energy

साथै उनले अदालतबाट आफूले सवाई पाए पनि सिधाकुराले अभियुक्त भनेका कारण दुखी भएको गुनासो गरे । उनले अदालतले आफूलाई सफाई दिएको दाबी पनि गरे । 

तरऽ जिल्ला अदालत पर्साले उनी जोडिएको कसुरमा सजाय निर्धारणका लागि आजका लागि पेशी तोकेको छ।  पर्सा जिल्ला अदालतमा ज्यान मार्ने उधोग डाँका चोरी र आपराधिक उपद्रवको मुद्दा नम्बर ०७९– सी१ – ०२१३ को मुद्दामा पुस २१ गते सजाय निर्धारण हुने उल्लेख छ ।  

साथै अदालतले सजाय निर्धारणका  लागि बल्ल आज मात्रै पेशी तोकेको छ भन्ने प्रश्न उनले अदालतको अपडेट नगरेको होला भन्ने जवाफ दिए । यो समाचार तयार पार्दासम्म पनि अदालतले सजाय निर्धारण गरिसकेको छैन । 

साथै उनले आफूले १ लाख ५० हजार धरौटि तिरेको स्वीकार गर्दै अदालतले आफूलाई छोटकरी विवरण उपलब्ध गराएको बताएका थिए । उनले सार्वजनिक गरेको छोटकरी विवरणमा प्रमोद जैसवालको हकमा ठोस प्रमाणबाट पुष्टी हुन सकेको नदेखिदाँ अपराधिक उपद्रव गरेको स्थापित नभएकाले दावी सफाई पाउने ठहर्छ भन्ने उल्लेख गरेका छ। 

सम्बन्धीत समाचार :

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास

सिधाकुराकर्मी जियालाल साहलाई अभद्र व्यवहार गर्ने धम्की

सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग

पत्रकार महासंघले भन्यो 'सिधाकुराकर्मी साहलाई धम्की दिनेको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया थालियोस्'



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।