नेभिगेशन
सबै कुरा

समाचार लेखेको विषयमा पत्रकारलाई धम्की दिनु गलत भयोः खेलकुद मन्त्री जयसवाल

पर्सा । सिधाकुरामा प्रकाशित समाचारको विषयमा सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिएको विषयमा आफ्ना शुभचिन्तकले गल्ती गरेको खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले स्विकार गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अ‌ाईतबार पत्रकार सम्मेलनको अ‌ायोजना गर्दै उनले आफ्ना शुभचिन्तकले कुनैपनि पत्रकार धम्की नदिन र तत्काल सच्याउन लगाएको बताए । 

Ncell
Extreme Energy

साथै उनले अदालतबाट आफूले सवाई पाए पनि सिधाकुराले अभियुक्त भनेका कारण दुखी भएको गुनासो गरे । उनले अदालतले आफूलाई सफाई दिएको दाबी पनि गरे । 

तरऽ जिल्ला अदालत पर्साले उनी जोडिएको कसुरमा सजाय निर्धारणका लागि आजका लागि पेशी तोकेको छ।  पर्सा जिल्ला अदालतमा ज्यान मार्ने उधोग डाँका चोरी र आपराधिक उपद्रवको मुद्दा नम्बर ०७९– सी१ – ०२१३ को मुद्दामा पुस २१ गते सजाय निर्धारण हुने उल्लेख छ ।  

साथै अदालतले सजाय निर्धारणका  लागि बल्ल आज मात्रै पेशी तोकेको छ भन्ने प्रश्न उनले अदालतको अपडेट नगरेको होला भन्ने जवाफ दिए । यो समाचार तयार पार्दासम्म पनि अदालतले सजाय निर्धारण गरिसकेको छैन । 

साथै उनले आफूले १ लाख ५० हजार धरौटि तिरेको स्वीकार गर्दै अदालतले आफूलाई छोटकरी विवरण उपलब्ध गराएको बताएका थिए । उनले सार्वजनिक गरेको छोटकरी विवरणमा प्रमोद जैसवालको हकमा ठोस प्रमाणबाट पुष्टी हुन सकेको नदेखिदाँ अपराधिक उपद्रव गरेको स्थापित नभएकाले दावी सफाई पाउने ठहर्छ भन्ने उल्लेख गरेका छ। 

सम्बन्धीत समाचार :

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास

सिधाकुराकर्मी जियालाल साहलाई अभद्र व्यवहार गर्ने धम्की

सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग

पत्रकार महासंघले भन्यो 'सिधाकुराकर्मी साहलाई धम्की दिनेको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया थालियोस्'



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...