नेभिगेशन
सबै कुरा

‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर बोकेर सिंहदरबारमा धर्ना बस्न पुगेका फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्न पुगेका उनलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो समय भारत र चीनले नेपालको अनुमतिबिना नै लिपुलेक प्रयोग गर्ने सहमति गरेको तर त्यस विषयमा सरकार गैरजिम्मेवार र मौन रहेको भन्दै उनी आन्दोलनरत छन् । सोही क्रममा सिंहदरबार गेट अघि धर्ना बसेर सरकारको विरोध गर्न पुगेका उनी पक्राउ परेका हुन् । प्रहरीले उनलाई सिंहदरबार प्रहरी वृत्त पुर्‍याएको छ ।

Ncell
Extreme Energy

‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर बोकेर सिंहदरबार परिसर पुगेका उनले सोमबार दिउँसो १२ बजेदेखि २ बजेसम्म एक्लै धर्ना बस्ने जनाएका थिए । 

पक्राउ पर्नुअघि नेपालले लेखेको फेसबुक स्टाटस यस्तो छः

लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन् झन् मौन रहनेछ , इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२ः०० बजेदेखि ४ः०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...