नेभिगेशन
सबै कुरा

‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर बोकेर सिंहदरबारमा धर्ना बस्न पुगेका फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्न पुगेका उनलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो समय भारत र चीनले नेपालको अनुमतिबिना नै लिपुलेक प्रयोग गर्ने सहमति गरेको तर त्यस विषयमा सरकार गैरजिम्मेवार र मौन रहेको भन्दै उनी आन्दोलनरत छन् । सोही क्रममा सिंहदरबार गेट अघि धर्ना बसेर सरकारको विरोध गर्न पुगेका उनी पक्राउ परेका हुन् । प्रहरीले उनलाई सिंहदरबार प्रहरी वृत्त पुर्‍याएको छ ।

Ncell
Extreme Energy

‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर बोकेर सिंहदरबार परिसर पुगेका उनले सोमबार दिउँसो १२ बजेदेखि २ बजेसम्म एक्लै धर्ना बस्ने जनाएका थिए । 

पक्राउ पर्नुअघि नेपालले लेखेको फेसबुक स्टाटस यस्तो छः

लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन् झन् मौन रहनेछ , इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२ः०० बजेदेखि ४ः०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।