नेभिगेशन
सबै कुरा

एमालेको केन्द्रीय कमिटी बैठक : पार्टीभित्रको गुट अन्त्य गर्न सदस्यहरुकाे सुझाव

काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनका साथै अन्य प्रतिवेदनमाथि छलफल भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकको दोश्रो दिन ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । धारणा राख्ने सदस्यहरुले पार्टीभित्रको गुट अन्त्य गर्नुपर्ने, संगठनमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

Ncell
Extreme Energy

पार्टीलाई व्यवस्थीत रुपमा अघि बढाउनुपर्ने र अनुशासनहिनतालाई अन्त्य गर्नुपर्ने समेत उनीहरुको भनाइ छ । त्यस्तै नयाँ समिकरण बनेपछि सरकारलाई उदेश्य अनुसार प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उनीहरुले धारणा राखेको गुरुङले बताए । 

त्यस्तै अहिलेका अधिकारलाई बलियो बनाउने गरि संविधान संशोधन गर्न समेत उनीहरुले सुझाव दिएको उपमहासचिव गुरुङले जानकारी दिए ।

उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गरेको भन्दै अहिलेसम्म समस्या पहिचान गरिएको बताए । राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको अध्यक्ष केपी ओलीले जवाफ दिएपछि समसामयिक प्रस्तावहरु पास गरेर बैठक मंगलबार समापन हुने एमालेले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...