नेभिगेशन
सबै कुरा

एमालेको केन्द्रीय कमिटी बैठक : पार्टीभित्रको गुट अन्त्य गर्न सदस्यहरुकाे सुझाव

काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनका साथै अन्य प्रतिवेदनमाथि छलफल भएको छ ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकको दोश्रो दिन ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । धारणा राख्ने सदस्यहरुले पार्टीभित्रको गुट अन्त्य गर्नुपर्ने, संगठनमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

पार्टीलाई व्यवस्थीत रुपमा अघि बढाउनुपर्ने र अनुशासनहिनतालाई अन्त्य गर्नुपर्ने समेत उनीहरुको भनाइ छ । त्यस्तै नयाँ समिकरण बनेपछि सरकारलाई उदेश्य अनुसार प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उनीहरुले धारणा राखेको गुरुङले बताए । 

त्यस्तै अहिलेका अधिकारलाई बलियो बनाउने गरि संविधान संशोधन गर्न समेत उनीहरुले सुझाव दिएको उपमहासचिव गुरुङले जानकारी दिए ।

उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गरेको भन्दै अहिलेसम्म समस्या पहिचान गरिएको बताए । राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको अध्यक्ष केपी ओलीले जवाफ दिएपछि समसामयिक प्रस्तावहरु पास गरेर बैठक मंगलबार समापन हुने एमालेले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...