नेभिगेशन
सबै कुरा

कुलमानलाई हटाउन सरकारले साेध्याे स्पष्टीकरण,यी हुन् आराेपहरु

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन स्पष्टीकरण सोधेको छ । सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई तपाईंलाई किन बर्खास्त नगर्ने भन्दै सात दिने स्पष्टीकरण सोमबार सोधेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले कुलमानलाई पठाएको स्पष्टीकरणमा ‘तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ?’ भनी सोधिएको छ । ‘मन्त्रालय र प्राधिकरणका कार्यकारी निर्देशकबीच भएको कार्य सम्पादन मूल्याङ्कन सम्झौताको दफा १० (३) बमोजिम कार्य सम्पादन मूल्याङ्कन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले सोही दफा बमोजिम तपाईँको नियुक्ति किन अन्त्य नगर्ने ? यो पत्र प्राप्त गरेको सात दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नआएमा कानुनबमोजिम तपाईं उपर थप प्रक्रिया अगाडि बढाइने ब्यहोरा यस मन्त्रालयको मिति २०८१/०९/२२ को निर्णय अनुसार जानकारी गराइन्छ’ स्पष्टीकरणमा भनिएको छ ।

Ncell
Extreme Energy

स्पष्टीकरण पत्रमा प्राधिकरण सञ्चालक समितिका बैठकहरूमा समेत सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक पटक असहयोग भूमिका खेल्ने गरेको, सामान्य विषय वस्तुमा समेत विवाद गर्ने गरेको, पदीय मर्यादाविपरीतका कार्य गर्ने गरेको र मन्त्रालयको निर्देशनलाई अवज्ञा गरेको आरोप लगाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...