नेभिगेशन
सबै कुरा

कुलमानलाई हटाउन सरकारले साेध्याे स्पष्टीकरण,यी हुन् आराेपहरु

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन स्पष्टीकरण सोधेको छ । सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई तपाईंलाई किन बर्खास्त नगर्ने भन्दै सात दिने स्पष्टीकरण सोमबार सोधेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले कुलमानलाई पठाएको स्पष्टीकरणमा ‘तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ?’ भनी सोधिएको छ । ‘मन्त्रालय र प्राधिकरणका कार्यकारी निर्देशकबीच भएको कार्य सम्पादन मूल्याङ्कन सम्झौताको दफा १० (३) बमोजिम कार्य सम्पादन मूल्याङ्कन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले सोही दफा बमोजिम तपाईँको नियुक्ति किन अन्त्य नगर्ने ? यो पत्र प्राप्त गरेको सात दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नआएमा कानुनबमोजिम तपाईं उपर थप प्रक्रिया अगाडि बढाइने ब्यहोरा यस मन्त्रालयको मिति २०८१/०९/२२ को निर्णय अनुसार जानकारी गराइन्छ’ स्पष्टीकरणमा भनिएको छ ।

Ncell
Extreme Energy

स्पष्टीकरण पत्रमा प्राधिकरण सञ्चालक समितिका बैठकहरूमा समेत सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक पटक असहयोग भूमिका खेल्ने गरेको, सामान्य विषय वस्तुमा समेत विवाद गर्ने गरेको, पदीय मर्यादाविपरीतका कार्य गर्ने गरेको र मन्त्रालयको निर्देशनलाई अवज्ञा गरेको आरोप लगाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।