नेभिगेशन
सबै कुरा

तिब्बत भूकम्पले रसुवा र सोलुखुम्बुमा असर गरेको हो ?

काठमाडौँ । तिब्बतमा गएको भूकम्पको धक्का डर लाग्ने गरी आफूहरूले पनि महसुस गरेको रसुवा र सोलुखुम्बुका अधिकारीहरूले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको तिब्बतसँग सिमाना जोडिएका दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सिधाकुरासँग कुरा गर्दै भूकम्पको धक्का निकै ठूलो र डरलाग्दो भएको तर भौतिक र मानवीय क्षतिको विवरण अहिलेसम्म नपाइएको बताए । 

Ncell
Extreme Energy

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको भूकम्पको धक्का निकै ठूलो भएको बताए । उनकाअनुसार हालसम्म जिल्लाका कुनै पनि ठाउँमा भूकम्पका कारण मानवीय र भौतिक क्षति नभएको पनि उनले बताए । 

जिल्लाका सबै सुरक्षा संयन्त्र भूकम्पको असर बुझ्न परिचालन भएको प्रजिअ घिमिरेको बताए । भूकम्प निकै ठूलो थियो, धक्का सबैले महसुस गर्यौं, उनले सिधाकुरासँग भने, अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति भएको सूचना छैन् । 

यता, रसुवाका प्रमुख जिल्ला अधिकारी  अर्जुन पौडेलले पनि भूकम्पको धक्का ठूलै महशुुस गरे पनि  कुनै प्रकारको क्षति बिहान साढे ८ बजेसम्म नोटिस नभएको पौडेलले बताए ।

जिल्लाका सबै सुरक्षा संयन्त्रसँग संवादमा रहेको भन्दै उनले हालसम्म त्यस्तो कुनै भौतिक र मानवीय क्षतिको सूचना नपाइएको र सबै कुरा नियमित भएको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।