नेभिगेशन
सबै कुरा

तिब्बत भुकम्प अपडेट : ५३ जनाको मृत्यु, ६२ जना घाइते

काठमाडाैँ । मंगलबार बिहान तिब्बतको जिजाङ्ग प्रान्तको सिगात्से केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिनको समाचार एजेन्सी सिन्ह्वा र चिनियाँ विश्व च्यानल सीजीटीएनका अनुसारका अनुृसार डिङ्ग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परि ५३ जनाको मृत्यु, ६२ जना घाइते भएका हुन् । 

Ncell
Extreme Energy

चिब्बतको क्षतिग्रस्त क्षेत्रमा चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले ३ तहको आपतकालीन प्रतिक्रिया सक्रिय गरेको र उद्धार एवं राहत कार्यमा मार्गदर्शन गर्न कार्यदल समेत पठाएको जनाइएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पपछिको क्षति न्यूनीकरणका लागि उद्धारकार्यलाई तिव्रता दिन र सम्पूर्ण स्रोत साधन परिचालन गर्न आग्रह गरेका छन् ।  ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले विपद्बारे जारी गरेको निर्देशनमा प्रभावित मानिसहरूको उचित पुर्नस्थापना गर्न र चिसो जाडोमा सुरक्षित र आश्रयस्थल सुनिश्चित गर्न प्रयास गर्न समेत आग्रह गरेका छन् । 

चिनियाँ समयअनुसार मंगलबार बिहान ९ बजेर ५ मिनेटमा १० किलोमिटर गहिराइमा भूकम्प गएको हो । 







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...