नेभिगेशन
सबै कुरा

तिब्बत भुकम्प अपडेट : ५३ जनाको मृत्यु, ६२ जना घाइते

काठमाडाैँ । मंगलबार बिहान तिब्बतको जिजाङ्ग प्रान्तको सिगात्से केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिनको समाचार एजेन्सी सिन्ह्वा र चिनियाँ विश्व च्यानल सीजीटीएनका अनुसारका अनुृसार डिङ्ग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परि ५३ जनाको मृत्यु, ६२ जना घाइते भएका हुन् । 

Ncell
Extreme Energy

चिब्बतको क्षतिग्रस्त क्षेत्रमा चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले ३ तहको आपतकालीन प्रतिक्रिया सक्रिय गरेको र उद्धार एवं राहत कार्यमा मार्गदर्शन गर्न कार्यदल समेत पठाएको जनाइएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पपछिको क्षति न्यूनीकरणका लागि उद्धारकार्यलाई तिव्रता दिन र सम्पूर्ण स्रोत साधन परिचालन गर्न आग्रह गरेका छन् ।  ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले विपद्बारे जारी गरेको निर्देशनमा प्रभावित मानिसहरूको उचित पुर्नस्थापना गर्न र चिसो जाडोमा सुरक्षित र आश्रयस्थल सुनिश्चित गर्न प्रयास गर्न समेत आग्रह गरेका छन् । 

चिनियाँ समयअनुसार मंगलबार बिहान ९ बजेर ५ मिनेटमा १० किलोमिटर गहिराइमा भूकम्प गएको हो । 







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।