नेभिगेशन
सबै कुरा

भुकम्प अपडेट : कोशी प्रदेशमा ५ घरमा क्षति, ताप्लेजुङमा प्रहरी कार्यालय चर्कियाे

काठमाडाैँ । आज बिहान तिब्बतको जिजाङ्ग प्रान्तको सिगात्से केन्द्रबिन्दु बनाएर गएको भुकम्पले नेपालको पूर्वी क्षेत्रमा सामान्य क्षति गरेको छ । सो भुकम्पले कोशी प्रदेशका ५ घर र एक प्रहरीका कार्यालयमा क्षति पुर्याएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त भुकम्पले ओखलढुङ्गा र सोलुखुम्बुमा २/२ घरमा क्षति पुर्याएको छ भने संखुवासभामा १ घरमा क्षति पुर्याएको छ । 

Ncell
Extreme Energy

क्षति पुर्याएको घरमध्ये ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्र बहादुर परियारको घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । त्यस्तै ओखलढुङ्गाकै सिद्धिचरण नगरपालिका २ चुहानछापस्थित हिमाल कार्कीको घरमा आंशिक क्षति भएको प्रदेश प्रहरीले जनाएको छ । 

त्यस्तै सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ र खुम्मुपासाङ ल्हामु गाउँपालिका ५ मा पनि १/१ घरमा आंशिक रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

त्यस्तै भुकम्पले ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालयमा पनि आंशिक क्षति पुर्याएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...