नेभिगेशन
सबै कुरा

भुकम्प अपडेट : कोशी प्रदेशमा ५ घरमा क्षति, ताप्लेजुङमा प्रहरी कार्यालय चर्कियाे

काठमाडाैँ । आज बिहान तिब्बतको जिजाङ्ग प्रान्तको सिगात्से केन्द्रबिन्दु बनाएर गएको भुकम्पले नेपालको पूर्वी क्षेत्रमा सामान्य क्षति गरेको छ । सो भुकम्पले कोशी प्रदेशका ५ घर र एक प्रहरीका कार्यालयमा क्षति पुर्याएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त भुकम्पले ओखलढुङ्गा र सोलुखुम्बुमा २/२ घरमा क्षति पुर्याएको छ भने संखुवासभामा १ घरमा क्षति पुर्याएको छ । 

Ncell
Extreme Energy

क्षति पुर्याएको घरमध्ये ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्र बहादुर परियारको घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । त्यस्तै ओखलढुङ्गाकै सिद्धिचरण नगरपालिका २ चुहानछापस्थित हिमाल कार्कीको घरमा आंशिक क्षति भएको प्रदेश प्रहरीले जनाएको छ । 

त्यस्तै सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ र खुम्मुपासाङ ल्हामु गाउँपालिका ५ मा पनि १/१ घरमा आंशिक रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

त्यस्तै भुकम्पले ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालयमा पनि आंशिक क्षति पुर्याएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।