नेभिगेशन
सबै कुरा

रवि लामिछानेको तर्फबाट थुनछेक बहस सकियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ। सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत पोखरामा दुई साता देखि प्रतिवादीहरुकाे तर्फबाट बहस जारी छ । जसमा दुई दिन देखि लामिछानेकातर्फबाट भइरहेकाे थियाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको दुई दिन देखि जारी बहस आज सकिएको हो । अब सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका चार  प्रतिवादीतर्फको बहस बाँकी छ।

Ncell
Extreme Energy

लामिछानेकाे तर्फबाट ५ जना वरिष्ठ अधिवक्त्ता र ६ जना अधिवक्त्ताहरुले बहस गरेका थिए। वरिष्ठ अधिवक्त्ताहरु डा. सुशिल पन्त,रमण श्रेष्ठ, डा‍‍.नारायण घिमिरे, सुरेन्द्र थापा,राेहित बास्ताेला र हरि सुवेदीले रविमाथि प्रतिशाेधपूर्ण तरिकाले राज्यले कानुनकाे विधि मिचेर मुद्दा दायर गरेकाे दाबी गरेका थिए । उनीहरुले रविलाई चाहेकाे बेला उपस्थित हुनेगरी साधारण तारेखमा छाेड्नु पर्ने दाबी गरे।

यस्तै अधिवक्त्ताहरु राजेन्द्र सेढाई, सुरज बस्नेत,डा नारायणदत्त कडेल,सुधिज्ञा पन्त, सञ्जय गाेले र सुनिता राउतले बहस गरेका थिए ।  उनीहरुले रविमाथिकाे मुद्दा खारेज हुनुपर्ने माग गरे । 

उनीहरुको तर्फबाट  बहस सकिएपछि सरकारी वकिलले जबाफी बहस गर्नेछन् । त्यसपछि अदालतले प्रगतिवादीहरूका हकमा पुर्पक्ष, धरौटी वा साधारण तारेख मध्येको एक आदेश गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...