नेभिगेशन
सबै कुरा

रवि लामिछानेको तर्फबाट थुनछेक बहस सकियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ। सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत पोखरामा दुई साता देखि प्रतिवादीहरुकाे तर्फबाट बहस जारी छ । जसमा दुई दिन देखि लामिछानेकातर्फबाट भइरहेकाे थियाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको दुई दिन देखि जारी बहस आज सकिएको हो । अब सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका चार  प्रतिवादीतर्फको बहस बाँकी छ।

Ncell
Extreme Energy

लामिछानेकाे तर्फबाट ५ जना वरिष्ठ अधिवक्त्ता र ६ जना अधिवक्त्ताहरुले बहस गरेका थिए। वरिष्ठ अधिवक्त्ताहरु डा. सुशिल पन्त,रमण श्रेष्ठ, डा‍‍.नारायण घिमिरे, सुरेन्द्र थापा,राेहित बास्ताेला र हरि सुवेदीले रविमाथि प्रतिशाेधपूर्ण तरिकाले राज्यले कानुनकाे विधि मिचेर मुद्दा दायर गरेकाे दाबी गरेका थिए । उनीहरुले रविलाई चाहेकाे बेला उपस्थित हुनेगरी साधारण तारेखमा छाेड्नु पर्ने दाबी गरे।

यस्तै अधिवक्त्ताहरु राजेन्द्र सेढाई, सुरज बस्नेत,डा नारायणदत्त कडेल,सुधिज्ञा पन्त, सञ्जय गाेले र सुनिता राउतले बहस गरेका थिए ।  उनीहरुले रविमाथिकाे मुद्दा खारेज हुनुपर्ने माग गरे । 

उनीहरुको तर्फबाट  बहस सकिएपछि सरकारी वकिलले जबाफी बहस गर्नेछन् । त्यसपछि अदालतले प्रगतिवादीहरूका हकमा पुर्पक्ष, धरौटी वा साधारण तारेख मध्येको एक आदेश गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।