नेभिगेशन
सबै कुरा

एमालेले केपी ओली नेतृत्वको सरकारलाई भन्यो, ‘चर्चामा आएका सबै भ्रष्टाचार प्रकरणमाथि छानबिन गर’

काठमाडौँ । नेकपा एमालेले चर्चामा आएका सबै भ्रष्टाचार प्रकरणमाथि छानबिन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । आफैँ सत्तारुढ दल रहेको नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमार्फत सरकारलाई सबै चर्चामा आएका भ्रष्टाचार प्रकरणको छानबिन गरि निष्कर्शमा पुग्न ध्यानाकर्षण गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत आइतबारदेखि सुरु भएर आज सम्पन्न भएको केन्द्रीय कमिटीले पारित गरेको विशेष प्रस्तावमा भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न बनाउन र चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुऱ्याउन सरकारको ध्यानाकर्षण गराएको हो । 

Ncell
Extreme Energy

‘गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरू गरेका कदमहरू सकारात्मक छन् । यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरूद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी अनियमिततामा बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुऱ्याउन सरकारको ध्यानाकर्षण गर्दछ। र, आफ्नो पङ्क्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ संकल्प गर्दछ।’, प्रस्तावमा भनिएको छ । 

त्यस्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १४ वटा समसामयिक प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको केन्द्रीय कमिटी बैठकले १४ वटा प्रस्ताव पारित गर्दै बैठक समापन गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर...
देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानीत गर्ने कार्य भएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।