नेभिगेशन
सबै कुरा
केन्द्रीय कमिटी बैठक :

२ दलकाे गठबन्धनपछिकाे सरकारले राजनीतिक स्थायित्वको आशा जगाएको एमालेकाे निष्कर्ष

काठमाडाैँ । नेकपा (एमाले)ले ठूला दुईदल मिलेर सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पार्टी कार्यालय च्यासलमा सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको हो । 

Ncell
Extreme Energy

बिभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै बैठकले ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराउदै सरकारको सफलताको लागि हरसम्भव योगदान गर्न प्रतिवद्ध रहने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

बैठकले प्राप्त उपलव्धीको संरक्षण र राजनीतिक स्थायीत्वलाई सुनिश्चित गर्ने गरि बृहत समझदारी र सहभागीतामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अघि बढाउन सरकारसंग आग्रह गरिएको गौतमले बताए । 

त्यस्तै एमालेको नेतृत्वमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको उनले जानकारी दिए । 

त्यस्तै केन्द्रीय कमिटी बैठकले ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई सुझाव दिएको छ भने भ्रामक र झुट्टा सूचना प्रवाह गर्ने क्रमलाई रोक्न नियामक निकायहरूलाई प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेका छ । बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक तथा महासचिव शंकर पोखरेलको सांगठानीक प्रतिवेदन पारित गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।