नेभिगेशन
सबै कुरा
केन्द्रीय कमिटी बैठक :

२ दलकाे गठबन्धनपछिकाे सरकारले राजनीतिक स्थायित्वको आशा जगाएको एमालेकाे निष्कर्ष

काठमाडाैँ । नेकपा (एमाले)ले ठूला दुईदल मिलेर सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पार्टी कार्यालय च्यासलमा सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको हो । 

Ncell
Extreme Energy

बिभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै बैठकले ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराउदै सरकारको सफलताको लागि हरसम्भव योगदान गर्न प्रतिवद्ध रहने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

बैठकले प्राप्त उपलव्धीको संरक्षण र राजनीतिक स्थायीत्वलाई सुनिश्चित गर्ने गरि बृहत समझदारी र सहभागीतामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अघि बढाउन सरकारसंग आग्रह गरिएको गौतमले बताए । 

त्यस्तै एमालेको नेतृत्वमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको उनले जानकारी दिए । 

त्यस्तै केन्द्रीय कमिटी बैठकले ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई सुझाव दिएको छ भने भ्रामक र झुट्टा सूचना प्रवाह गर्ने क्रमलाई रोक्न नियामक निकायहरूलाई प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेका छ । बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक तथा महासचिव शंकर पोखरेलको सांगठानीक प्रतिवेदन पारित गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...