नेभिगेशन
सबै कुरा

बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले आज श्रव्य दृश्यको छायाङ्कनसहितको अभिलेख झिकाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “उक्त कार्यक्रमको श्रव्यदृश्यको छायाङ्कनरअभिलेख आयोजना बार एकाइबाट झिकाउनु ।” अदालतको अवहेलनामा यसअघि लिखित जवाफ माग गर्ने आदेश गरेको थियो । अदालतको अवहेलनामा हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन तयार गरी दर्ता गरेका थिए । 

Ncell
Extreme Energy

सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले अध्यक्ष घिमिरेले सात दिनभित्र आफैँ वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन आदेश गरेको थियो । अध्यक्ष घिमिरेले बारका तर्फबाट लिखित जवाफ पेस गरिसकेका छन् । 

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलना गरेको उल्लेख गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।