नेभिगेशन
सबै कुरा

माओवादीकाे निष्कर्ष : ‍अध्यादेशमार्फत राज्य सञ्चालन गरेर देशलाई तानाशाहीतर्फ लैजाने निरङ्कुश प्रवृति सरकारले देखायाे

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजाने निरङ्कुश प्रवृति सरकारले देखाएको निष्कर्ष निकालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौँमा सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले बिभिन्न समसामयिक प्रस्ताव पारित गर्दै संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको प्रबृतिको विरोध गर्दै तत्काल संघीय संसद र प्रदेशसभाहरुको अधिवेशन आह्वान गर्न सरकारसँग माग समेत गरेको छ ।

Ncell
Extreme Energy

बैठकले बिभिन्न निकायमा भएको राजनीतिक हस्तक्षेपको विरोध गर्दै स्वेच्छाचारी क्रियाकलाप बन्द गर्न माग गरेको छ भने शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्न समेत माग गरेको छ । त्यस्तै बैठकले सहकारी प्रकरणमा गठबन्धन निकट व्यक्तिहरुलाई संरक्षण गर्ने पूर्वाग्रहणपूर्ण र भेदभावपूर्ण काम गरेको भन्दै निष्पक्ष छानविन गरि दोषी उपर कारवाही गर्न माग गरेको छ ।

बैठकले अबको पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । त्यस्तै फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै वैशाख महिनाभरि मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले  विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको पार्टी रुपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको एतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले जनताको अधिकार बढाउनका लागि संविधान संशोधन गर्नुपर्नेमा बैठकले जोड दिएको बताए ।

बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको बैठकको समापनका क्रममा अध्यक्ष प्रचण्डले बैठकका निर्णय कार्यान्वयनमा जादा समाजवादी क्रान्तिको लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको स्पष्ट गरे । 

उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई सकृय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रुपमा बैठकमा सहभागी गराएको जानकारी दिदै अन्य नेताहरुको कार्यविभाजन गर्दा उनको पनि गरिने जानकारी गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...