नेभिगेशन
सबै कुरा

गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार

सुदूरपश्चिम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नेपालका अन्य छ प्रदेशमा चिकित्साशास्त्रमा अध्यापन सुरु भइसकेको सन्दर्भमा अब सुदूरपश्चिम प्रदेशमा पनि उक्त कार्यक्रम सञ्चालन गर्नेगरी गृहकार्य भइरहेको जानकारी दिए । 

Ncell
Extreme Energy

उनले भने, “विश्वविद्यालय बनाउनुअघि गेटामा तीनसय श्ययाको अस्पताल सञ्चालन गर्ने र आगामी असारदेखि ‘एमबिबीएस’को पढाइ थाल्नेगरी तयारी भइरहेको छ ।” शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउनेसम्बन्धी विधेयक संसदीय  समितिमा छलफलमा रहेकाले संसद्को आगामी अधिवेशनमा त्यसलाई प्रवेश गराइने मन्त्री पौडेलले बताए । 

उनले विश्वविद्यालय सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै अस्पताल सञ्चालन र अध्यापन पनि सुरु गर्नुपर्ने भएकाले त्यसका लागि नीति निर्माण गर्नुपर्छ भने ।  उनले “गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सबै दल सहमत छन्, सरकार काठमाडौँ बाहिर पनि छ भन्ने पुष्टि गर्न पनि शहीद दशरथ चन्द विश्वविद्यालय स्थापना हुन आवश्यक छ ।” 

विश्वविद्यालय सञ्चालनपछि मात्रै अस्पताल चल्छ र एमबिबीएसको पढाइ हुन्छ भन्ने कुरा नभएको बताउँदै उनले भने, “अहिले नै अस्पताल चलाउन सकिन्छ, यसका लागि छात्रवृत्तितर्फका १२ जना चिकित्सक र १८ जना नर्सलाई गेटामा पठाएर तत्काल अहोरात्र आकस्मिक सेवा र सघन उपचार सेवा सञ्चालन गर्न लागेका छौँ ।”

गेटामा मेडिकल विश्वविद्यालय स्थापनामा सुदूरपश्चिम प्रदेशवासीले बढी चासो राख्दै आएका छन् । विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन गठन भएको सङ्घर्ष समितिले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएको छ । 

गोदावरी नगरपालिकाको गेटामा मेडिकल कलेज सञ्चालन गर्न रु सात अर्बको लागतमा एक वर्षअघि नै सुविधासम्पन्न भवन एवं संरचना निर्माण भएका छन् । सङ्घर्ष समिति र स्थानीयवासीको निरन्तरको दबाबपछि ती संरचनामा ५० श्ययाको अस्पताल सञ्चालनमा ल्याइए पनि अस्पतालको सघन उपचार कक्ष (आइसियु), जनरल बेड र आकस्मिक कक्षबाट अपेक्षाकृत सेवा प्रवाह हुन सकेको छैन ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...