नेभिगेशन
सबै कुरा

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

पर्सा । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन  जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन  सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए। “बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्नेगरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न÷गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशानुसार अनुरोध छ”, उनले भने । 

Ncell
Extreme Energy

त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।