नेभिगेशन
सबै कुरा

स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरण : प्रतिवादी सुनिता नेवा र कमल लामालाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश

काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका २ प्रतिवादीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले मंगलबार प्रतिवादी सुनिता नेवा र कमल लामालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतको तोकेको धरौटी रकम बुझाएर दुवैजना रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । अदालतले प्रतिवादी सुनिता नेवालाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने प्रतिवादी कमल लामालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

Ncell
Extreme Energy

अदालतले सहकारीको लेखा समिति सदस्य सुनिता नेवा २०७४ मंसिर ४ गतेदेखि २०७९ कात्तिक १६ गतेसम्म स्वर्णलक्ष्मी बहुदेश्यीय सहकारी संस्था लिमिटेडमा लेखा समितिको सदस्य भई काम गरेको तर निजले के कुन कार्य गरी जाहेरवालाहरुको रकम हिनामिना गरेको भन्ने अभियोग लगायत मिसिल संलग्न काजजातहरुबाट नदेखिएको जनाएको छ । त्यस्तै अदालतले अर्का प्रतिवादी कमल लामाले उक्त सहकारीको ऋण उपसमितिमा कहिलेदेखि कहिलेसम्म काम गरेको तथा ऋण उपसमितिबाट को कसलाई ऋण दिँदा निजले के के कार्य गरे भन्ने अभियोगमा उल्लेख भएको नदेखिएको र उनको दस्तखतबाट कुनै ऋण प्रवाह भएको भन्ने नदेखिएको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

स्वर्णलक्ष्मी सहरकारी रकम अपचलन प्रकरणमा आइतबार उनीहरुसहित ३९ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीहरुविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो । 

काठमाडौँ प्रहरी परिसरको अनुसन्धान प्रतिवेदका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सो सहकारीले १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपसहित मुद्दा दायर गराएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...