नेभिगेशन
सबै कुरा

स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरण : प्रतिवादी सुनिता नेवा र कमल लामालाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश

काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका २ प्रतिवादीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले मंगलबार प्रतिवादी सुनिता नेवा र कमल लामालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतको तोकेको धरौटी रकम बुझाएर दुवैजना रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । अदालतले प्रतिवादी सुनिता नेवालाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने प्रतिवादी कमल लामालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

Ncell
Extreme Energy

अदालतले सहकारीको लेखा समिति सदस्य सुनिता नेवा २०७४ मंसिर ४ गतेदेखि २०७९ कात्तिक १६ गतेसम्म स्वर्णलक्ष्मी बहुदेश्यीय सहकारी संस्था लिमिटेडमा लेखा समितिको सदस्य भई काम गरेको तर निजले के कुन कार्य गरी जाहेरवालाहरुको रकम हिनामिना गरेको भन्ने अभियोग लगायत मिसिल संलग्न काजजातहरुबाट नदेखिएको जनाएको छ । त्यस्तै अदालतले अर्का प्रतिवादी कमल लामाले उक्त सहकारीको ऋण उपसमितिमा कहिलेदेखि कहिलेसम्म काम गरेको तथा ऋण उपसमितिबाट को कसलाई ऋण दिँदा निजले के के कार्य गरे भन्ने अभियोगमा उल्लेख भएको नदेखिएको र उनको दस्तखतबाट कुनै ऋण प्रवाह भएको भन्ने नदेखिएको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

स्वर्णलक्ष्मी सहरकारी रकम अपचलन प्रकरणमा आइतबार उनीहरुसहित ३९ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीहरुविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो । 

काठमाडौँ प्रहरी परिसरको अनुसन्धान प्रतिवेदका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सो सहकारीले १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपसहित मुद्दा दायर गराएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।