नेभिगेशन
सबै कुरा

शान्ति प्रक्रियाकाे बाँकी काम टुङ्ग्याउन दबाब सिर्जना गराैँ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।

Ncell
Extreme Energy

शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने, “ शान्तिप्रक्रियालाई जटिल मोडमा पु¥याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्तिप्रक्रियालाई रोकिराखेको छ ।”

शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पु¥याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिँदै उनले यससम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छलफल गर्ने बताए ।

एमाले नेता अग्नि खरेलले शान्तिप्रक्रियालाई टुङ्गो लगाउन सरकार र आफ्नो पार्टी इमान्दार रहेको बताए। “शान्तिप्रक्रियालाई सफल बनाउन सरकार सकारात्मक छ, एमाले केन्द्रीय समिति बैठकमा पेस भएको दस्तावेजमा पनि शान्तिप्रक्रियालाई निष्कर्षमा लैजाने विषय उल्लेख छ”, उनले भने, “शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सरकार र विपक्षी दल एक ठाउँमा उभिनुपर्छ ।”

पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी पक्षलाई मात्र नहेरी द्वन्द्वपीडित दुवैपक्षबीच सहमति एवं विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए । 

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्ग्याउन विलम्ब भएमा मुलुकको छवि अन्तर्राष्ट्रिय रुपमा धुमिल हुने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...