नेभिगेशन
सबै कुरा

जगदुल्ला जलविद्युत ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न उर्जामन्त्री खड्काकाे चूनौती

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चूनौति दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौँमा विद्युत नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ गर्दै मन्त्री खड्काले केहि सञ्चारमाध्यमले आफुबिरुद्ध गलत समाचार प्रकाशित गरेको भन्दै उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । उनले उक्त प्रकरणमा सत्यतथ्य ल्याए पुरस्कार दिने भन्दै गलत सूचनाले देशलाई नै नोक्सान पुग्ने बताए । जलविधुत क्षेत्रमा सरकारको अरवौं लगानी भएपनि त्यसको प्रतिफल निकै कम देखिएको उनले बताए ।

Ncell
Extreme Energy

मन्त्री खड्काले बुढीगण्डकी, अपर अरुण लगाएतका ठूला जलाशययुक्त आयोजना अलपत्र परेको र यसका नाममा विदेशी घुम्ने र जागिर खाने ठाँउबाहेक अरु केहि हुन नसकेको धारणा राखे । मन्त्री खड्काले सबै आयोजनाहरुलाइ एकैसाथ अघि बढाउने गरि योजना तयार गरिएको जानकारी दिए । उनले विद्युत् क्षेत्रमा देखिएका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्दै सहज रुपमा अघि बढ्ने वातावरण बनाउन प्रतिवद्ध रहेको पनि बताए ।

मन्त्री खड्काले मुलुकको समृद्धिको आधार ऊर्जा क्षेत्र नै रहेकाले प्रयाप्त रहेका स्रोतको अधिकतम परिचालन गर्नुपर्नेमा जोड दिए । आयोगले सेवाग्राही निकायहरुका लागि प्रवाह गर्दै आएको सेवालाई प्रभावकारी बनाउन अनलान सफ्टवेयरमा आधारित प्रणाली डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) सञ्चालनमा ल्याएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै,  विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ ।  ...