नेभिगेशन
सबै कुरा

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरुका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

Ncell
Extreme Energy

कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्थाहरु नवीकरणबीना सञ्चालनमा आएको उजुरीपछि मन्त्रालयले परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्थाहरु मापदण्डअनुसार समेत नचलेको उजुरी मन्त्रालयले प्राप्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरुले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीहरुलाई भनेका थिए ।

जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

मन्त्रालयले इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाएमा कारबाही गर्ने समेत प्रवक्ता बुढाथोकीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...