नेभिगेशन
सबै कुरा

रविको थुनछेक बहसको आदेश अघि पोखरामा के भइरहेको छ ? (भिडियाे)

पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले जिल्ला प्रहरी परिसर कास्कीको न्यायिक हिरासतमा छन् । सहकारी ठगीको आरोपमा ८२ दिन देखि प्रहरी हिरासतमा रहेका उनलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

त्यसयताको झण्डै तीन महिना उनलाई जालसाजीपूर्ण तरिकाबाट ५ जिल्लाका अदालत र प्रहरी कार्यालय पु¥याइएको छ भने कार्यविधि र कानुनी प्रक्रिया मिचेर मुद्दा दायर गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । 

CG

सहकारी सञ्चालकले कृत्रिम ऋणी खडा गरेर रकम ल्याएको कम्पनीमा काम गरेको आरोपमा मुद्दा र राज्यको प्रतिशोध खेपिरहेका लामिछानेलाई थुनामा राख्ने वा थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न दिने भन्ने आदेश बुधबार कास्की जिल्ला अदालतले गर्नेछ । 

त्यस अघि कास्की जिल्ला अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । रवि रिहाइ हुने आशमा उनका समर्थक पोखरमा जम्मा हुन थालेका छन् । रविको थुनछेक आदेशको अघिल्लो दिन पोखरको अवस्था कस्तो छ ।  सिधाकुराकर्मी विष्णु ढुंगानाले तयार गरेको भिडियो रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः शेरधन राई

नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः शेरधन राई

कोशी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताए । उनले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै...
निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ

निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ

“सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उनले भने ।
अदालतको तारिख बुझेपछि रविले भने, ‘केपी ओलीले लगाएको गुन तिर्न आइराछु’

अदालतको तारिख बुझेपछि रविले भने, ‘केपी ओलीले लगाएको गुन तिर्न आइराछु’

सोमबार जिल्ला अदालत काठमाडौँमा तारिख बुझेर फर्कने क्रममा रास्वपा सभापति लामिछानेले ओलीले लगाएको गुन तिर्न आएको अभिव्यक्ति दिएका हुन् ।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।