नेभिगेशन
सबै कुरा

थुनछेकको आदेश अघि रविले भने ‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान् ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि गलत ढङ्गले मुद्दा लगाइएको भन्दै न्यायलयबाट स्वतन्त्र र निष्पक्ष आदेश हुनु पर्ने माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार कास्की जिल्ला अदालतमा थुनछेक बहसको आदेश हुनु अघि प्रतिवादीलाई बोल्न न्यायाधीश नितिज राईले समय दिएका थिए । सो क्रममा ५ मिनेट समय पाएर बोलेका लामिछानेले आफूलाई सरकारले प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दे न्यायको माग गरे । 

Ncell
Extreme Energy

‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान्’ लामिछानेको भनाई उदृत गर्दै स्रोतले सिधाकुरासँग भन्यो । सहकारी पीडितको पक्षमा काम गर्दा गर्दै र सहकारी समस्या समाधानका लागि काम गरिरहेको अवस्थामा आफूमाथि अन्यायपूर्ण ढङ्गबाट मुद्दा दायर गरिएको लामिछानेले न्यायाधीश राईलाई बताए । 

‘संसदीय समितिको छानबिन प्रतिवेदन एकातिर, सरकारको निर्णय अर्कोतिर र मुद्दा अर्कोतर्फको भयो,’ लामिछानेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘म न्यायिक प्रक्रियालाई सघाउँछु मलाई बाहिरै बसेर मुद्दा लड्ने आदेश होस् ।’ 

लामिछानेले आफू र आफ्नो पार्टीले सहकारीको समस्या समाधानका लागि अध्यायन गरेर सरकारलाई प्रस्ताव नै बुझाएको स्मरण पनि गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।