नेभिगेशन
सबै कुरा

थुनछेकको आदेश अघि रविले भने ‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान् ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि गलत ढङ्गले मुद्दा लगाइएको भन्दै न्यायलयबाट स्वतन्त्र र निष्पक्ष आदेश हुनु पर्ने माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार कास्की जिल्ला अदालतमा थुनछेक बहसको आदेश हुनु अघि प्रतिवादीलाई बोल्न न्यायाधीश नितिज राईले समय दिएका थिए । सो क्रममा ५ मिनेट समय पाएर बोलेका लामिछानेले आफूलाई सरकारले प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दे न्यायको माग गरे । 

Ncell
Extreme Energy

‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान्’ लामिछानेको भनाई उदृत गर्दै स्रोतले सिधाकुरासँग भन्यो । सहकारी पीडितको पक्षमा काम गर्दा गर्दै र सहकारी समस्या समाधानका लागि काम गरिरहेको अवस्थामा आफूमाथि अन्यायपूर्ण ढङ्गबाट मुद्दा दायर गरिएको लामिछानेले न्यायाधीश राईलाई बताए । 

‘संसदीय समितिको छानबिन प्रतिवेदन एकातिर, सरकारको निर्णय अर्कोतिर र मुद्दा अर्कोतर्फको भयो,’ लामिछानेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘म न्यायिक प्रक्रियालाई सघाउँछु मलाई बाहिरै बसेर मुद्दा लड्ने आदेश होस् ।’ 

लामिछानेले आफू र आफ्नो पार्टीले सहकारीको समस्या समाधानका लागि अध्यायन गरेर सरकारलाई प्रस्ताव नै बुझाएको स्मरण पनि गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...