नेभिगेशन
सबै कुरा

समितिमै बाझाबाझ : सुवालले राजजिशोर यादवलाई भने, ‘तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्छस् तपाईँले ?’

 काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा भनाभन भएको हो ।

Ncell
Extreme Energy

सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए । ‘औँला तल राख्नुस, नौंटंकी गर्ने ?’

सुवालले समितिका सभापति निरंशुक ढंगले चल्न नहुने बताइरहदा सभापति यादवले भने निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए । ‘तपाईँ निरकुश नहुनुस्, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस । जसरी राणा शासन समाप्त भयो, तपाईं यो समितिबाट हुत्तिनुहुन्छ । होस गर्नुस, तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्छस् तपाईँले ?’, सुवाल जङ्गिए ।

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थीति नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए । यसअघि पनि माओवादी सांसद सुदन किराती, सांसद सुवाललगाएतसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...