नेभिगेशन
सबै कुरा

१५ महिनादेखि हमासको कब्जामा रहेका विपिनका बाबुआमा भन्छन्ः 'हाम्रो छोरा छुटाउन सरकारको पहलनै पुगेन'

काठमाडाैँ । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन्। पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त छन्।

Ncell
Extreme Energy

मोबाइलमा समाचार हेर्दै विपिनको सुखद् खबरको आशामा दिन बित्न थालेका छन्। छोराको अवस्थाबारे बेखबर विपिनका बुबाआमाले भीमदत्त नगरपालिका–३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गरिरहेका छन्। जोशी परिवार विपिनको सकुशल घर फिर्तीको पर्खाइमा छ। 

‘छोरा आउने आशामा १५ महिना बितिसके, मेरो छोरा विपिनलाई सकुशल कहिले ल्याइदिने हो सरकार ?,’ विपिनका आमा पद्माले भनिन्, ‘मेरो छोरालाई सकुशल घर ल्याउन सरकारले पहल गरिदेओस्।’ जोशी परिवारले छोराको रिहाइका लागि सरकारसँग अनुनय गरिरहेको छ । छोराको रिहाइका लागि मन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री, राजदूत सबैलाई भेटेर विपिनको रिहाइका लागि अनुनय गरिसकेका छन्।

हमासले ३४ जना बन्दी छोड्ने खबरले आमाबुबाको मलिन अनुहारमा थोरै भए पनि खुसीका रेखा देखापरे। तर जब त्यो लिष्टमा छोरा विपिनको नाम छैन भन्ने समाचार आयो अनुहार निन्याउरा भए। ‘अहिलेसम्म अन्य देशका नागरिक धेरै छुटिसके”, आमा पद्माले भनिन्, ‘अब छुट्ला अब छुट्ला भन्दाभन्दै आशामै डेढ वर्ष बितिसके।’

हमास समूहले इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम, किबुजबाट नियन्त्रणमा लिएको इजरायल सरकारले जानकारी गराएको थियो। त्यसयता  विपिनको अवस्था अज्ञात छ। अध्ययनसँगै कमाइ गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयमा ३९ विद्यार्थी इजरायल गएका थिए।

त्यहाँ पुगेको एक महिनामै हमास समूहले आक्रमण गरेको थियो। हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। ‘अरू देशका नागरिक बेलाबेला छुटिरहेका छन्, हाम्रो सरकारको पहल पुगेन कि?,’ विपिनका बुबा महानन्दले भने, ‘मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म सबैलाई भेटेर छोराको रिहाइका लागि अनुनय गरिसक्यौं।’ 

उनले सबैबाट पहल गरिरहेका छौं बाहेकको जवाफ नसकेको बताए।

‘जसरी हुन्छ सरकारले छोरोको रिहाइलाई पहल गरिदिनुपर्यो,’ जोशीले भने, ‘सरकारले कतारसँग कूटनीतिक पहल गरिदिए छोराको रिहाइ हुन्थ्यो कि।’ 

गत कात्तिकमा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेटेका जोशी परिवारले छोराको रिहाइका लागि आग्रह गरिसकेका छन्। कतारका राजा आमिर तमिमबिन हमाद अल थानी नेपाल भ्रमणमा आउनुअघि पनि विपिनका परिवारले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर रिहाइका लागि पहल गरिदिने आग्रह गरेका थिए।

‘जसले बढी पहल गर्‍यो उसले पनि त्यही देशका नागरिक पहिला रिहा गर्ने हो,’ बुबा महानन्दले भने, ‘नेपाल सरकारले कतारसँगै बढी पहल गर्नुपर्छ।’ गत सोमबार मात्र विपिनका परिवार र आफन्तले विपिनकोे तस्बिर सामाजिक सञ्जालमा राख्दै जन्मदिनको शुभकामना दिँदै सकुशल रिहाइका लागि अनुनय गरेका छन्। परिवारका सदस्यले सरकारको तर्फबाट कूटनीतिक पहल हुन नसकेको भन्दै विपिनको रिहाइका लागि सरकारसँग आग्रह गरेका छन्। 

‘अहिले पनि विपिन सकुशल फर्केर आउनेमा पूरा विश्वास छ,’ विपिनका दाजु किशोर जोशीले भने, ‘सरकारले पहल गरिदियो भने चाँडै आउने थियो, तर सरकारको पहल पुगेन कि भन्ने महसुस भएको छ।’ उनले अन्य मुलुकले आफ्ना देशका नागरिकलाई रिहाइ गरिसक्दा नेपालले एकजना नागरिकसमेत रिहा गर्न नसकेको बताए

‘हामीले भेट्न बाँकी मन्त्री, प्रधानमन्त्री कोही छैन सबैले प्रयास भइरहेको छ भन्नुहुन्छ। युद्धविराम हुँदा अन्य देशका नागरिक छुट्दैछन् हाम्रोचाहिँ पहल नै पुगेनजस्तो लागेको छ।’ 

केही दिनअघि इजरायल र हमासबीच युद्धविराम हुने खबर आएपछि विपिनको परिवार उनको रिहा हुने आशामा थियो। तर हमासले रिहा गर्ने ३४ जनाको लिष्टमा विपिनमा नाम समावेश नभएको खबर पाएपछि परिवार विरक्त छ।-रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...