नेभिगेशन
सबै कुरा

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाम । राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको छ । जिल्लाको रणशार्दूल गण गढीथुम्का ब्यारेक हातामा नवनिर्मित शाहको पूर्णकदको सालिक अनावरण गरिएको हो । 

Ncell
Extreme Energy

सालिकको २१ नं बाहिनी अड्डाका बाहिनीपती सहायक रथी युवधिरमानसिंह अधिकारी, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इतिहासविद् युद्धप्रसाद वैद्य र रणशार्दूल गणका गणपति प्रह्लाद घलेले संयुक्त रूपमा उक्त सालिक अनावरण गरे । सोही गणका कार्यरत जमदार कुलमान सोतीमगरले सालिक निर्माण गरेका हुन्।

जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीसहित तीन सय ५० बढीको समूह इलाम चोकबजारमा भेला भई बजारस्थित माईस्थान मन्दिर–भ्यू टावर हुँदै गढीथुम्का ब्यारेकमा पुगेर सालिक अनावरण भएको थियो ।

कार्यक्रममा जिल्लाका इतिहासविद् वैद्यसहित अन्य वक्ताले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा चर्चा गरेका थिए । निसान पदमार्गमा सहयोग पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...