नेभिगेशन
सबै कुरा

भरियाले धानेकोे खुम्बु क्षेत्रको ढुवानी

सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय  किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युँमा मा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ । तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ । उमेरले २६ वर्षमात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो । निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि सङ्र्घषसँग साक्षत्कार गर्नुपर्यो । सानै उमेरमा आमा गुमाएका उनको घरमा अहिले बुबा, श्रीमती र दुई साना छोरा छन् । बालबच्चाको शिक्षादीक्षा र सिङ्गो परिवारको पालनपोषण गर्ने जिम्मेवारी कुलुङकै काँधमा छ । परिवारको गुजारा चलाउन र बालबच्चाको शिक्षादीक्षाको खर्च जुटाउन दैनिकजसो भारी बोक्नु उनको बाध्यता हो । 

Ncell
Extreme Energy

“हाम्रो जिन्दगी यसरी नै चल्छ । यो काम नगरी बाँच्न सकिँदैन”, निधारको पसिना पुच्दै उनी भन्छन् । दैनिक जीवनको लागि काठ, खाद्यान्न, जस्तापाता र अन्य सामग्रीका भारी बोकेर उकाली चढ्दा कुलुङ दिनभरि पसिना बगाउँछन् । भारी बोक्ने एक दिनमा उनले रु दुई हजार पाँच सयदेखि तीन हजारसम्म कमाउँछन् ।  तर यो कमाइले परिवारको आवश्यकता पूरा गर्न हम्मेहम्मे पर्छ ।

बढ्दो महँगी र घट्दो आर्थिक उपार्जनले कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ । तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका बेरोजगार युवामा छ । 

कुलुङका अनुसार खुम्बु क्षेत्रमा काम गर्ने भरियाको कामले मात्र स्थानीय ढुवानी प्रणाली धानेकोे छ । सडक अभावमा सामान ओसार्न भरियाकै भर पर्नुपर्छ । आकाश कुलुङ एक प्रतिनिधि पात्रमात्र हुन् । खुम्बु क्षेत्रका सयौँ भरियाको जीवन यस्तै छ । महाकुलुङ, सोताङ र आसपासका विकट गाउँका युवा रोजगार खोज्दै खुम्बु पुग्छन् । भारी बोक्ने कामले उनीहरूको परिवारको जीविका धानेको छ । तर यो कामले न उनीहरूको जीवन सजिलो बनाएको छ, न भविष्यको ग्यारेन्टी नै गरेको छ । सुर्केसम्म सडक विस्तार भइसकेको छ, तर त्यसभन्दा माथि सडक पुगेको छैन । यसले गर्दा लुक्ला र आसपासका क्षेत्रमा भरियाको माग छ । 

सामान ओसार–पसारको एकमात्र विकल्प मानव श्रम नै हो । खुम्बु क्षेत्रका पर्यटक गन्तव्य विश्वमै प्रसिद्ध छ, तर त्यहाँका भरियाको जीवन भने उस्तै कष्टकर छ । खुम्बुमा महँगी भएका कारण दिनभर कमाएको आम्दानी खानामै बढी खर्च हुने गरेको भरिया नवराज विकले बताए । 

“यहाँ महँगो छ, दिनभर पसिनाको धारा छुटाएर भारी बोक्छौँ तर त्यो पैसा खाना बस्नमा धेरै खर्च हुन्छ, यहाँ यसो हिसाब गर्दा चाहिँ धेरै कमाइ भयोजस्तो लाग्छ तर घर फर्किँदा कहिले त रित्तो हातजस्तै हुन्छ, गाह्रो छ भरियाको जिन्दगी”, विकले भने । उनीहरूका लागि भारी बोक्नुबाहेक अरू विकल्प छैन । उनीहरूको पसिनाले खुम्बुको अर्थतन्त्र धानेको छ, तर भारियाको जीवनमा स्थायित्व र सुविधा भने आउन सकेको छैन ।

“मलाई अर्को सजिलो काम भेटिए हुन्थ्योजस्तो लाग्छ”, भरिया विक भन्छन् । यति मेहनत गरे पनि यहाँ भरियालाई गर्ने व्यवहार भने फरक रहेको उनीहरूको गुनासो छ । भारी बोक्ने भन्नेबित्तिकै नराम्रो नजरले हेर्ने र कतिले त अपमान नै गर्ने गरेको भारियाहरूको गुनासो छ ।

खुम्बुको उकालो र भारी बोक्ने कथाले नेपालका विकट क्षेत्रका युवाहरूको जीवनको यथार्थलाई चित्रण गर्दछ । विकट भूगोल र विकासको असमानताले उनीहरूको सङ्घर्षलाई थप चुनौतीपूर्ण बनाएको छ । स्थानीय पूर्वाधारको सुधार र रोजगारीका विकल्प खोज्नु यस्ता समस्याको दीर्घकालीन समाधान हुनसक्छ ।

आकाश कुलुङ र नवराज विकजस्ता युवाहरूले ढुवानीमा गरेको परिश्रमलाई सम्मान गर्दै सरकारले उनीहरूको जीवनस्तर सुधार गर्ने योजना अघि सार्न आवश्यक छ । खुम्बुका पर्यटकका लागि यो उकाली दृश्यावलोकनको रमाइलो पाटो हो । तर भारियाका लागि यो उकाली जीवन धान्ने सङ्घर्ष हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।