नेभिगेशन
सबै कुरा

पाँचखालका बिरामीलाई निःशुल्क रगत

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्त सञ्चार केन्द्र र पाँचखाल नगर कार्यालयबीच सम्झौता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरवासीलाई निःशुल्क रगत उपलब्ध विषयक सम्झौतापत्रमा नगरप्रमुख मशेह खरेल र रेडक्रमका जिल्ला सभापति देवेन्द्र भैलले हस्ताक्षर गरेका हुन् । सम्झौतानुसार रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति पाँचखाल नगरपालिकाका स्थायी बासिन्दा भएको (नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ) प्रमाण खुल्ने कागजातका आधारमा निःशुल्क रगत उपलब्ध गराइने भएको हो ।

Ncell
Extreme Energy

यस्तै नगरले हरेक वडामा रक्त सञ्चार सेवा केन्द्रको सहयोगमा आलोपालो गरी वर्षमा कम्तीमा चारपटक रगत सङ्कलन शिविर आयोजना गर्नुपर्ने जनाइएको छ । निःशुल्क सेवाका लागि नगरले अग्रिम रु तीन लाख रक्त सञ्चार सेवालाई दिनुपर्ने छ । “यो सम्झौताले नगरवासीमा राहत पुग्ने विश्वास लिएका छौँ”, खरेलले भने । 

नगर प्रमु्ख खरेलले कम्तीमा रु एक करोडको कोषको व्यवस्था गर्न रेडक्रसलाई सुझाव दिँदै कोषको सुरुआतका लागि व्यक्तिगत रूपमा रु ५० हजार बीउपुँजीको व्यवस्था गरेका छन् । भैलले पनि रेडक्रसमा कोष व्यवस्थापन गर्न रु २५ हजार उपलब्ध गराउने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।
क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।