नेभिगेशन
सबै कुरा

बहुमतको सरकारले संसद छलेर अध्यादेशमार्फत कानुन बनाउनु गलत हाे : कांग्रेस नेता साउद

बुटवल । नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाई बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरुले स्थायीत्व दिन नसक्ने समेत बताएका हुन् । बहुमत हुँदापनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनले बताए ।

Ncell
Extreme Energy

‘संसद नबसेको बेलामा अध्यादेशमार्फत पनि हामीले कानुन बनाउन सक्छौँ । अध्यादेशमार्फत कानुन बनाएपनि त्यसलाई जबसम्म संसदले पारित गर्दैन तबसम्म त्यो कानुन दिगो हुन सक्दैन । त्यो कानुन लामो समयसम्म ऐनका रुपमा रहन सक्दैन । त्यसकारण यो संसदबाट आउनुपर्ने ठाउँमा, विधेयकको रुपमा आउनुपर्ने ठाउँमा अध्यादेशबाट आउनुपर्यो भन्ने विषयमा प्रश्न उठाउने ठाउँ छन् ।’, नेता साउदले भने ।

उनले अध्ययादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे । साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे ।

दुई दल बिचको न्युनतम साझा सहमती कार्यान्वयन नभएको गुनासो आईरहेको भन्दै पूर्ण पालना गर्न उनले सुझाव समेत दिए ।

नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए ।  संविधान संसोधन सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संसोधन गर्ने बेला आएको धारणा राखे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...