नेभिगेशन
सबै कुरा

बहुमतको सरकारले संसद छलेर अध्यादेशमार्फत कानुन बनाउनु गलत हाे : कांग्रेस नेता साउद

बुटवल । नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाई बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बताएका छन् । 

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरुले स्थायीत्व दिन नसक्ने समेत बताएका हुन् । बहुमत हुँदापनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनले बताए ।

‘संसद नबसेको बेलामा अध्यादेशमार्फत पनि हामीले कानुन बनाउन सक्छौँ । अध्यादेशमार्फत कानुन बनाएपनि त्यसलाई जबसम्म संसदले पारित गर्दैन तबसम्म त्यो कानुन दिगो हुन सक्दैन । त्यो कानुन लामो समयसम्म ऐनका रुपमा रहन सक्दैन । त्यसकारण यो संसदबाट आउनुपर्ने ठाउँमा, विधेयकको रुपमा आउनुपर्ने ठाउँमा अध्यादेशबाट आउनुपर्यो भन्ने विषयमा प्रश्न उठाउने ठाउँ छन् ।’, नेता साउदले भने ।

उनले अध्ययादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे । साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे ।

दुई दल बिचको न्युनतम साझा सहमती कार्यान्वयन नभएको गुनासो आईरहेको भन्दै पूर्ण पालना गर्न उनले सुझाव समेत दिए ।

नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए ।  संविधान संसोधन सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संसोधन गर्ने बेला आएको धारणा राखे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...