नेभिगेशन
सबै कुरा

धादिङकाे फ्याक्सेमा माघे सङ्क्रान्तिकाे गोरु जुधाई मेला, दर्ता भए ३० वटा जुरे गाेरु

धादिङ । माघे सङ्क्रान्तिको अवसरका धादिङको निलकण्ठ–५, फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता आयोजना गरिँदै छ । स्थानीय युवा क्लब चमेरे गुफा संरक्षण समाजको आयोजनामा हुन लागेको उक्त गोरु जुधाई प्रतियोगितामा १५ हल गोरु दर्ता भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परम्परादेखि नै फ्याक्सेमा माघे सङ्क्रान्तिको दिन गोरु जुधाउने कार्यक्रम हुँदै आएको छ । विगत १० वर्षदेखि परम्परालाई प्रतियोगिताकै रुपमा सञ्चालन गर्न थालिएको हो । यसपालि आयोजना हुन लागेको १० औँ गोरु जुधाई प्रतियोगिता हो । 

Ncell
Extreme Energy

यसबाट संस्कृतिको जगेर्नासँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने चमेरे गुफा संरक्षण समाजका अध्यक्ष चन्द्र श्रेष्ठ बताउँछन् । ‘सदियौँदेखि यहाँ गोरु जुधाउने परम्परा रहँदै आएको छ । तर यो परम्परा यहाँ मात्रै सीमित थियो । विगत १० वर्षदेखि हामीले परम्परालाई प्रतियोगितामा रूपान्तरण गरी यसलाई सर्वव्यापी बनाउने प्रयास गर्दै आएका छौँ’ श्रेष्ठले भने । 

अघिल्ला वर्षहरूको भन्दा यस वर्षको गोरु जुधाई प्रतियोगिता झन् रोमाञ्चक हुने देखिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । कारण हो प्रतियोगितामा अन्य वडाका किसानहरूको पनि सहभागिता बढ्नु । ‘अघिल्ला वर्षहरूमा नगरपालिकाको वडा नम्बर ५ का किसानले मात्रै गोरु दर्ता गर्दै आएकोमा यो वर्ष अन्य वडाका किसानहरूले पनि आफ्नो गोरु जुधाउनका लागि दर्ता गरेका छन् ।

५ नम्बर वडा बाहेक वडा नम्बर १ मा पर्ने धुसेनी, वडा नम्बर ९ मा पर्ने भोर्ले त्यस्तै जुरेथुम लगायतका ठाउँका किसानले पनि गोरु दर्ता गराएका छन्’ श्रेष्ठले भने,  ‘यसपालि नगरका धेरै वडाका किसानका गोरुहरूका सहभागिता रहेकाले यस वर्षको गोरु जुधाई प्रतियोगिता थप रोमाञ्चक हुने देखिएको छ ।’

प्रतियोगिताका विजेता तथा उपविजेता दुबै गोरुलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यद्यपी नगद पुरस्कार कति दिने भन्ने निर्णय नभईसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । पुरस्कारको रकम तोक्न समिति तोकिएको र आज बेलुकासम्म समितिले निर्णय गर्ने उनले बताए । यसअघिको वर्ष विजयी हुने गोरुलाई ९ हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो भने उपविजेता गोरुलाई ७ हजार ५ सय रुपैयाँ दिइएको थियो । यसपालिको पुरस्कार रकम पनि सोही हाराहारी हुने आयोजकले जनाएको छ । 

फ्याक्सेमा गोरु जुधाई प्रतियोगितासँगै स्थानीय लाखे नाचको मनोरञ्जन लिन सकिने तथा स्थानीय स्तरमा उत्पादन हुने उखु, खुदो र सखरको स्वाद लिन सकिने आयोजकले जनाएका छन् । त्यस्तै राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारसँगै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।
क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।