नेभिगेशन
सबै कुरा

रवि लामिछानेको बयान सकियाे, थुनछेक बहस जारी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँमा आइतबार बिहान ८ः३० मा पुगेका लामिछानेको बयान सकिएसँगै उनीविरुद्धको थुनछेक बहस सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने क्रम जारी छ । 

Ncell
Extreme Energy

सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएपछि शुक्रबार उनी काठमाडौँ आएका थिए । 

काठमाडौँमा उनलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौँको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनी लगायत  ३९ जना विरुद्ध मुद्दा दायर गरेको थियो । 

सोही मुद्दामा लामिछानेको बयान सकिएपछि थुनछेक बहस जारी छ । सो प्रक्रिया समेत सकिएपछि उनको मुद्दामाथि आदेश हुनेछ ।   


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...