नेभिगेशन
सबै कुरा

काठमाडौँ भ्यूटावरको भवनको नक्सापास निष्क्रिय छ : काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावरको भवनको नक्सापास निष्क्रिय रहेको जनाएको छ । काठमाडौँ महानगरपालिकाले एक सूचना जारी गर्दै वडा नं. २८ मा रहेको निर्माणाधीन भ्यूटावरको भवनको नक्सापास सम्बन्धमा छानबिन समिति गठन भएको र अनुसन्धानको भइरहेको जनाउँदै निष्क्रिय रहेको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरले नक्सा पासबारे छानबिन समिति गठन भएको र समितिबाट प्रतिवेदन प्राप्त भएर कार्यालयबाट निर्णय नहुँदासम्मका लागि नक्सा पास निष्क्रिय रहेको जानकारी गराएको हो ।

Ncell
Extreme Energy

‘काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लि. बिच २०७१/११/२२ मा काठमाडौँ महानगरपालिका वडा नं. २८ पुराने बसपार्कमा काठमाडौँ भ्यूटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रा.लिबाट निर्माण हुँदै गरेको काठमाडौँ भ्यूटावर भवनको नक्सापासको सम्बन्धमा छानबिन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मको लागि उक्त भवनको नक्सापास निष्कृय रहेको व्योहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ ।’, महानगरले निकालेको सूचनामा भनिएको छ । 

काठमाडौँ महानगरपालिकाले सो भ्यूटावरको नक्सापास प्रक्रियामा नियमविपरित कार्य गरेको भन्दै गत पुष ५ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर...
देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानीत गर्ने कार्य भएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।