नेभिगेशन
सबै कुरा

रवि लामिछानेको थुनछेक बहस आज, रविका विरुद्ध ११ जना सरकारी वकिलले बहस गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौँमा आज थुनछेक बहस हुँदै छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको बयानका लागि आइतबार बिहानै अदालत पुगेका लामिछानेको बयान सकिएपनि थुनछेक बहस सुरु भएको थिएन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारी वकिलहरुले बयान अध्यनका लागि समय माग गरेपछि आइतबार न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश गरेका थिए । 

Ncell
Extreme Energy

आज सुरु हुने बहसमा रविविरुद्ध  सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल सहित ११ जना सरकारी वकिलले बहस गर्ने जनाईएको छ । 

यस्तै लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ता तथा  पूर्वन्यायाधिवक्ताद्वय सुशिल पन्त, रमन श्रेष्ठ तथा अधिवक्ता नारायण डा नारायणदत्त कडेल, राजेन्द्र सेढाँई लगाएतले बहस गर्ने छन् । स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी ठगी प्रकरणका दुई अभियुक्त भने यसअघि नै धरौटीमा छुटिसकेका छन्।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।
क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।