नेभिगेशन
सबै कुरा

कुनै दल फुटाउने र मिलाउने काम मेरो हैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गरे। उनले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको बताए । 

Ncell
Extreme Energy

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍ याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताए । 

तत्कालीन समयमा विरोध गर्नेहरुले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो । तर आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले मुलुक विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताए । उनले सो विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेको भनी झुठो वक्तव्य प्रचार गरिएको उल्लेख गर्दै यस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए। यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

उनले जारी नै नभएको अध्यादेशलाई रातिराति जारी गर्‍यो भनेर सम्प्रेषण गरिएको उल्लेख गर्दै मुलुक र जनताका पक्षमा आफूहरुले दिनरात नभनी काम गरेको बताए । “हामी १०(५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो”, प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भने, “राम्रो काम राति गर्न हुन्न भन्ने छ र ?”

सरकारले विभिन्न नाममा हुने कीर्ते र जाली काम रोक्ने गरी कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यको भूमिका हुनेमा विश्वास व्यक्त गरे ।

सो अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारी र सदस्यलाई प्रधानमन्त्री ओलीले बधाई दिएका थिए । महासङ्घ अध्यक्ष शर्मा र महासचिव रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष शर्माले महासङ्घको निर्वाचन हुन विविध कारणले ढिलाइ भए पनि यसपटक महिला अध्यक्ष भएर इतिहास रचिएको उल्लेख गर्दै यसमा राजनीतिक दल, पत्रकारिताका सङ्गठन र पत्रकारको साथ रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै,  विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ ।  ...