नेभिगेशन
सबै कुरा

मेयरले तिरेनन् बिजुलीको महसुल, लाइन काट्दा प्राधिकरणका कर्मचारीलाई नगर प्रहरी लगाएर थुनियो

बारा । महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आफ्नो घरको विद्युत् महसुल नतिरेको भन्दै लाइन काट्न गएका प्राधिकरणका कर्मचारीलाई नगर प्रहरी लगाएर थुनेका छन् ।

नगर प्रमुख यादवको घरको लाईन काटेपछि बिधुत प्राधिकरण कलैया शाखाका पाँच जना कर्मचारीहरुलाई नगर प्रहरीले नगरपालिकामा थुनेका हुन् ।

प्राधिकरणका सहायक लेखापाल सुनिल राय, इलेक्ट्रीशियन हृदय नारायण महतो, चालक अमितचन महतो, कार्यालय सहयोगी सन्दिप सरार्फ र मिटर रिडर देवी नारायण यादवलाई नगरपालिकामा थुनेको नगरपालिका स्रोतले जनाएको छ । 

नगर प्रमुख यादवको घरमा जडान भएको विद्युतीय मिटरको २ लाख ९२ हजार रुपैयाँ शुल्क बाँकी रहेकोले घरको लाईन काटिएको प्राधिकरणका कर्मचारीले बताएका छन् ।

पच्छिल्लो समय प्राधिकरण विद्युत बक्यौता बाँकि रहेको ग्राहकको लाइन काट्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...