नेभिगेशन
सबै कुरा

मेयरले तिरेनन् बिजुलीको महसुल, लाइन काट्दा प्राधिकरणका कर्मचारीलाई नगर प्रहरी लगाएर थुनियो

बारा । महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आफ्नो घरको विद्युत् महसुल नतिरेको भन्दै लाइन काट्न गएका प्राधिकरणका कर्मचारीलाई नगर प्रहरी लगाएर थुनेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगर प्रमुख यादवको घरको लाईन काटेपछि बिधुत प्राधिकरण कलैया शाखाका पाँच जना कर्मचारीहरुलाई नगर प्रहरीले नगरपालिकामा थुनेका हुन् ।

Ncell
Extreme Energy

प्राधिकरणका सहायक लेखापाल सुनिल राय, इलेक्ट्रीशियन हृदय नारायण महतो, चालक अमितचन महतो, कार्यालय सहयोगी सन्दिप सरार्फ र मिटर रिडर देवी नारायण यादवलाई नगरपालिकामा थुनेको नगरपालिका स्रोतले जनाएको छ । 

नगर प्रमुख यादवको घरमा जडान भएको विद्युतीय मिटरको २ लाख ९२ हजार रुपैयाँ शुल्क बाँकी रहेकोले घरको लाईन काटिएको प्राधिकरणका कर्मचारीले बताएका छन् ।

पच्छिल्लो समय प्राधिकरण विद्युत बक्यौता बाँकि रहेको ग्राहकको लाइन काट्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...