नेभिगेशन
सबै कुरा

उदयपुर कटारीको त्रिवेणीधाममा २० दिने माघे संक्रान्ति मेला सुरु

उदयपुर । कटारी नगरपालिका–२ खोक्सामा १५ दिनसम्म चल्ने  त्रिवेणी मेला आजबाट शुरु भएको छ। वर्षेनी माघ १ गतेबाट सुरु भएर १५ दिनसम्म लाग्ने मेला यो वर्ष २० गते सम्म लाग्ने कटारी नगरपालिकाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मैनी मेला अहिले त्रिवेणी मेलाको रुपमा परिचित छ। तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे शरीरमा रहेको चर्मरोग निको हुने, पशुपंक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको कुरा पूरा हुने जनविश्वास रहेको कटारी नगरपालिका २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले उल्लेख गरे। 

Ncell
Extreme Energy

कोशी प्रदेशकै महत्वपूर्ण धामका रुपमा यस धाम लाई लिइन्छ। यस मेलामा कोशी प्रदेश,मधेश प्रदेश बाग्मती प्रदेशको अलावा भारत बाट समेत तीर्थालु आउने गरेको अध्यक्ष थापाले बताए।

माघे संग्रान्त्तिमा मात्र नभएर माघ महिना भरनै देशभरिका भक्तजन त्रिवेणी मेला आउने गरेको कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।

सडक सञ्जाल जोडिनुपूर्व पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ्ग,सोलुखुम्वुका स्थानियबासीले यो मेलाबाट आबश्यक लत्ता,कपडा,नुन,तेल, मरमसला खरिद गर्नुका साथै पहाडका भोटे कुकुर ,कृषि उत्पादन मेलाको आकर्षण हुने गरेको कटारी नगरपालिका उप प्रमुख गीता खड्काको भनाई छ।

मेला उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकाको सिमाना लाग्दै आएको छ। मैनि मेलाले परिचित यस मेला नेपालकै पुरानो र लामो समय सम्म लाग्ने मेला मध्यमा त्रिवेणी मेला पर्ने गरेको नगर प्रमुख श्रेष्ठले बताए।  यस्तै,मेलामा सिन्धुलीको जुनार, ओखलढुङ्गाको राढी पाखी र स्थानीय उत्पादनको किनबेच हुने गर्दछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर...
सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण उद्योग क्रमशः धराशायी बन्दै गएको छ । यसको पछिल्लो उदाहरण...
देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानीत गर्ने कार्य भएको उल्लेख गरिएको छ ।

भर्खरै