नेभिगेशन
सबै कुरा

उदयपुर कटारीको त्रिवेणीधाममा २० दिने माघे संक्रान्ति मेला सुरु

उदयपुर । कटारी नगरपालिका–२ खोक्सामा १५ दिनसम्म चल्ने  त्रिवेणी मेला आजबाट शुरु भएको छ। वर्षेनी माघ १ गतेबाट सुरु भएर १५ दिनसम्म लाग्ने मेला यो वर्ष २० गते सम्म लाग्ने कटारी नगरपालिकाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मैनी मेला अहिले त्रिवेणी मेलाको रुपमा परिचित छ। तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे शरीरमा रहेको चर्मरोग निको हुने, पशुपंक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको कुरा पूरा हुने जनविश्वास रहेको कटारी नगरपालिका २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले उल्लेख गरे। 

Ncell
Extreme Energy

कोशी प्रदेशकै महत्वपूर्ण धामका रुपमा यस धाम लाई लिइन्छ। यस मेलामा कोशी प्रदेश,मधेश प्रदेश बाग्मती प्रदेशको अलावा भारत बाट समेत तीर्थालु आउने गरेको अध्यक्ष थापाले बताए।

माघे संग्रान्त्तिमा मात्र नभएर माघ महिना भरनै देशभरिका भक्तजन त्रिवेणी मेला आउने गरेको कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।

सडक सञ्जाल जोडिनुपूर्व पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ्ग,सोलुखुम्वुका स्थानियबासीले यो मेलाबाट आबश्यक लत्ता,कपडा,नुन,तेल, मरमसला खरिद गर्नुका साथै पहाडका भोटे कुकुर ,कृषि उत्पादन मेलाको आकर्षण हुने गरेको कटारी नगरपालिका उप प्रमुख गीता खड्काको भनाई छ।

मेला उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकाको सिमाना लाग्दै आएको छ। मैनि मेलाले परिचित यस मेला नेपालकै पुरानो र लामो समय सम्म लाग्ने मेला मध्यमा त्रिवेणी मेला पर्ने गरेको नगर प्रमुख श्रेष्ठले बताए।  यस्तै,मेलामा सिन्धुलीको जुनार, ओखलढुङ्गाको राढी पाखी र स्थानीय उत्पादनको किनबेच हुने गर्दछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावको पक्षमा मस्क

स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावको पक्षमा मस्क

अमेरिकी अर्बपति एलन मस्कले आफ्नो स्वामित्वका कम्पनी स्पेसएक्स र टेस्लालाई गाभ्ने प्रस्तावको समर्थन गरेका छन्। दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेका बेला मस्कले यस्तो...
नवदुर्गासँग जोडिएको मोहनी नखः उल्लासपूर्वक मनाए नेवार समुदायले

नवदुर्गासँग जोडिएको मोहनी नखः उल्लासपूर्वक मनाए नेवार समुदायले

भक्तपुरका नेवार समुदायले विजयादशमीका अवसरमा मोहनी नखः उल्लासपूर्वक मनाएका छन्। नवदुर्गा भवानीको आराधनासँग जोडिएको यस पर्वमा नेवार समुदायले मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र...
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ ।
भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षामा सहकार्य विस्तार गर्दै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।