नेभिगेशन
सबै कुरा

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

काठमाडौँ । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक-योललाई प्रहरीले बुधबार  पक्राउ गरेको छ। दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले स्थानीय समयानुसार बुधबार बिहान ७:३० बजे युनविरुद्ध पक्राउ पुर्जी कार्यान्वयन गरिएको जनाएको छ। युन सुक-योलले गत वर्ष डिसेम्बर ३ मा देशमा मार्सल ल अर्थात् सैन्य शासन घोषणा गरेका थिए। संसद्‌मा चर्को विरोध भएपछि ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका थिए। स्थानीय सञ्चारमाध्यमले राष्ट्रपति निवासबाट सवारीसाधनको लर्को निस्किएको उल्लेख गरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि प्रहरी पक्राउ गर्न गए पनि निलम्बित राष्ट्रपति युनले  आफ्नो सुरक्षामा खटिएका सैनिक परिचालन गरी रोकेका थिए।  पक्राउपछि युनले भिडिओ सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको दाबी गरेका छन्।  भिडिओ वक्तव्यमा भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन आफू सहमत भएको बताएका छन्।

Ncell
Extreme Energy

उनले सन्देशमा भनेका छन्, ‘यो अवैध अनुसन्धान भए पनि मैले सीआईओसमक्ष उपस्थित हुने निर्णय गरेँ। रक्तपात नहोस् भनेर मैले यो निर्णय लिएको हुँ।’यसको अर्थ यो अनुसन्धानलाई आफूले सही नमानेको जिकिर पनि उनले गरेका छन्। देशमा मार्सल ल अर्थात् सैन्य शासन लागू गर्ने असफल प्रयासपछि युनले दक्षिण कोरियाको संसद्ले महाभियोग पारित गरी राष्ट्रपतिबाट निलम्बन गरिसकेको छ। तर उनलाई राष्ट्रपति पदबाट बर्खास्तै गर्ने वा पछि पुनर्बहाली गर्ने भन्ने विषयमा त्यहाँको संवैधानिक अदालतले म‌ंगलबार मात्र सुनुवाइ सुरु गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।