नेभिगेशन
सबै कुरा

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

काठमाडौँ । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक-योललाई प्रहरीले बुधबार  पक्राउ गरेको छ। दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले स्थानीय समयानुसार बुधबार बिहान ७:३० बजे युनविरुद्ध पक्राउ पुर्जी कार्यान्वयन गरिएको जनाएको छ। युन सुक-योलले गत वर्ष डिसेम्बर ३ मा देशमा मार्सल ल अर्थात् सैन्य शासन घोषणा गरेका थिए। संसद्‌मा चर्को विरोध भएपछि ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका थिए। स्थानीय सञ्चारमाध्यमले राष्ट्रपति निवासबाट सवारीसाधनको लर्को निस्किएको उल्लेख गरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि प्रहरी पक्राउ गर्न गए पनि निलम्बित राष्ट्रपति युनले  आफ्नो सुरक्षामा खटिएका सैनिक परिचालन गरी रोकेका थिए।  पक्राउपछि युनले भिडिओ सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको दाबी गरेका छन्।  भिडिओ वक्तव्यमा भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन आफू सहमत भएको बताएका छन्।

Ncell
Extreme Energy

उनले सन्देशमा भनेका छन्, ‘यो अवैध अनुसन्धान भए पनि मैले सीआईओसमक्ष उपस्थित हुने निर्णय गरेँ। रक्तपात नहोस् भनेर मैले यो निर्णय लिएको हुँ।’यसको अर्थ यो अनुसन्धानलाई आफूले सही नमानेको जिकिर पनि उनले गरेका छन्। देशमा मार्सल ल अर्थात् सैन्य शासन लागू गर्ने असफल प्रयासपछि युनले दक्षिण कोरियाको संसद्ले महाभियोग पारित गरी राष्ट्रपतिबाट निलम्बन गरिसकेको छ। तर उनलाई राष्ट्रपति पदबाट बर्खास्तै गर्ने वा पछि पुनर्बहाली गर्ने भन्ने विषयमा त्यहाँको संवैधानिक अदालतले म‌ंगलबार मात्र सुनुवाइ सुरु गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ ।
भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षामा सहकार्य विस्तार गर्दै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानका एक करोड ९२ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा...