नेभिगेशन
सबै कुरा

रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा आज पनि थुनछेक बहस, आदेश आउन सक्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा तेस्रो दिनको थुनछेक बहस आज सुरु हुँदै छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको बयानका लागि आइतबार बिहानै अदालत पुगेका लामिछानेको बयान सकिएपनि थुनछेक बहस सुरु भएको थिएन । सोही थुनछेक बहसका लागि सोमबार बिहानै अदालत पुर्याइएका उनीविरुद्ध ११ जना सरकारी वकिलले बहस  गरेका थिए । साथै जाहेरकर्ताका तर्फबाट २ जनालो बहस गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज पनि केहि जाहेरवालाका तर्फका अधिवक्ताहरुल बहस गर्ने छन् भने त्यसपछि रवि लामिछानेका तर्फबाट बहस हुने छ । आजै जवाफ बहस समेत सकिएको अवस्थामा थुनछेक आदेश आउने सम्भावना रहेको एक अधिवक्ताले बताए । 

Ncell
Extreme Energy

यस्तै लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ता तथा  पूर्वन्यायाधिवक्ताद्वय सुशिल पन्त, रमन श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता नारायण घिमिरे, अधिवक्ता डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाँई लगायतले बहस गर्ने छन् । 

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी ठगी प्रकरणका दुई अभियुक्त भने यसअघि नै धरौटीमा छुटिसकेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानीत गर्ने कार्य भएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।
सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

शनिबार ललितपुरमा दोश्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सहि भनेको अवस्थमा सभापति...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

भर्खरै