नेभिगेशन
सबै कुरा

व्यवसायीलाई प्रधानमन्त्रीकाे ढाडस, 'अर्थतन्त्रलाई सबल बनाउन अध्यादेश ल्याएका हौँ'

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउने उदेश्यका साथ विभिन्न अध्यादेश ल्याएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्योग व्यवसाय प्रवर्धनको लागि अध्यादेश ल्याएकोमा धन्यवाद दिन बुधबार बालुवाटारमा उद्योगी व्यवसायीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउदै अघि बढाउने उदेश्यका साथ अध्यादेश ल्याएको भन्दै उत्साहित भएर अघि बढ्न निजि क्षेत्रलाई आग्रह गरे । कांग्रेस र एमालेको विचार नमिलेको र सरकार ढल्दै छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताउँदै ओलीले सरकारले सल्लाह गरेर काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले केही मानिसहरु भने विरोधका लागि विरोध मात्र गर्ने चरित्रका भएको बताए । त्यस्ता चरित्रबाट सचेत हुनुपर्नेमा ओलीले जोड दिए ।

Ncell
Extreme Energy

भूमिसम्बन्धी समस्याहरू सुल्झाउन छिटै अध्यादेश जारी हुने उनले जानकारी दिए । सरकारले हाउजिङ गर्न दिने तर बनाइसकेपछि हदबन्दी लगाएर रोक्ने गर्दा व्यक्तिको लगानी डुब्ने र सबै क्षेत्र अस्तव्यस्त हुने कुरालाई चिर्न सो अध्यादेशले सहयोग गर्ने ओलीको दाबी छ । सरकार र निजी क्षेत्र एक्ला एक्लै हिँडेर गन्तव्यमा नपुगिने बताउँदै ओलीले दुवै क्षेत्र पाटनरसिप गरेर अघि बढ्दा मात्र गन्तव्यमा पुगिने बताए । कृषिलाई सबल बनाउन जग्गाको हदबन्दीलाई हटाउनु पर्नेमा जोड दिँदै यसको लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...