नेभिगेशन
सबै कुरा

५ महिनामा १ हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए । उनका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ । 

Ncell
Extreme Energy

आगालागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिब रु ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए । 

सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय ३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन् । 

दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीबाट दुई जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । 

दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ ।
भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षामा सहकार्य विस्तार गर्दै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानका एक करोड ९२ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा...