नेभिगेशन
सबै कुरा

प्रतिपक्षी दलको बैठकमा सबै नेताको एक स्वरः रविमाथि राज्यले अमानवीय व्यवहार गर्यो, प्रतिशोध साँध्यो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलको आज बसको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा छलफल भएको छ । सिंहदरबारमा भएको ६ प्रतिपक्षी दलको बैठकमा सहभागी सबै दलका नेताहरूले रवि माति राज्यले राजनीतिक प्रतिशोध साधेर अमानवीय व्यवहार गरेको ठहर गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकको प्रारम्भमै विपक्षी मोर्चाको बैठकमा रविको विषयमा चर्चा भएको थियो । बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रविमाथि अमानवीय ढङ्गबाट राजनीतिक प्रतिशोधपूर्ण व्यवहार भएको बताएका थिए । ‘जसरी पनि रविलाई फसाउन पर्छ भन्ने उद्देश्यले राज्य लागेको छ,’ बैठकमा सहभागी एक नेताले भने,‘ सहकारी ठगीमा संलग्न र जिम्मेवार रहेका मानिसलाई बचाउने र रविलाई दुख दिने नियत राखिएको छ ।’

Ncell
Extreme Energy

बैठकमा बोल्दै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधब कुमार नेपालले पनि रविमाथि अत्याचार भएको धारणा राखेका थिए । ‘सहकारी ठगीमा संलग्न आफ्नालाई जोगाएर राज्य रविमाथि प्रतिशोधपूर्ण व्यवहारमा उत्रिएको छ,’ माधव नेपालको भनाई उदृत गर्दै एक नेताले भने । बैठकमा सहभागी सबै दलका शीर्ष नेताहरूले रवि माथिको राजनीतिक प्रतिशोधको विरोध गरेका थिए ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, नेता शक्ति बस्नेत सहभागी थिए । रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल  र नेता बेदुराम भुसाल र राप्रपाका बुद्धिमान तामाङ सहभागी थिए । यस्तै,आजपाका प्रभु साह एवम् नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ बैठकमा सहभागी थिए। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ ।
भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षामा सहकार्य विस्तार गर्दै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानका एक करोड ९२ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा...