नेभिगेशन
सबै कुरा

प्रतिपक्षी दलको बैठकमा सबै नेताको एक स्वरः रविमाथि राज्यले अमानवीय व्यवहार गर्यो, प्रतिशोध साँध्यो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलको आज बसको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा छलफल भएको छ । सिंहदरबारमा भएको ६ प्रतिपक्षी दलको बैठकमा सहभागी सबै दलका नेताहरूले रवि माति राज्यले राजनीतिक प्रतिशोध साधेर अमानवीय व्यवहार गरेको ठहर गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकको प्रारम्भमै विपक्षी मोर्चाको बैठकमा रविको विषयमा चर्चा भएको थियो । बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रविमाथि अमानवीय ढङ्गबाट राजनीतिक प्रतिशोधपूर्ण व्यवहार भएको बताएका थिए । ‘जसरी पनि रविलाई फसाउन पर्छ भन्ने उद्देश्यले राज्य लागेको छ,’ बैठकमा सहभागी एक नेताले भने,‘ सहकारी ठगीमा संलग्न र जिम्मेवार रहेका मानिसलाई बचाउने र रविलाई दुख दिने नियत राखिएको छ ।’

Ncell
Extreme Energy

बैठकमा बोल्दै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधब कुमार नेपालले पनि रविमाथि अत्याचार भएको धारणा राखेका थिए । ‘सहकारी ठगीमा संलग्न आफ्नालाई जोगाएर राज्य रविमाथि प्रतिशोधपूर्ण व्यवहारमा उत्रिएको छ,’ माधव नेपालको भनाई उदृत गर्दै एक नेताले भने । बैठकमा सहभागी सबै दलका शीर्ष नेताहरूले रवि माथिको राजनीतिक प्रतिशोधको विरोध गरेका थिए ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, नेता शक्ति बस्नेत सहभागी थिए । रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल  र नेता बेदुराम भुसाल र राप्रपाका बुद्धिमान तामाङ सहभागी थिए । यस्तै,आजपाका प्रभु साह एवम् नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ बैठकमा सहभागी थिए। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।
सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

शनिबार ललितपुरमा दोश्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सहि भनेको अवस्थमा सभापति...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...

भर्खरै