नेभिगेशन
सबै कुरा

आशिका तामाङ पक्राउ

काठमाडौँ । आशिका तामाङ पक्राउ परेकी छिन् । अभद्र व्यवहारको निवेदनका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमा आफूलाई पक्राउ गर्न प्रहरी आएको भिडियो राखेकी तामाङले सिधाकुरासँगको सम्पर्कमा आफूहरु प्रहरीसँगै प्रहरी वृत्त गौशाला गइरहेको बताइन् । 

Ncell
Extreme Energy

पछिल्लो समय नेपालमा चौतर्फी बेतिथि रहेको र त्यो बेतिथिको भण्डाफोर गर्न भन्दै जर्मनीबाट नेपाल आएकी तामाङसहित उनको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएकी थिइन् । सोही क्रममा केही दिन अघि अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा पुगेकी उनी र त्यहाँका कर्मचारीबिच नोँकझोँकसमेत भएको थियो । 

उनीसहितको टिमले ‘राष्ट्रिय सचेत नागरिक अभियान’ नामक संस्था बनाएर ७७ जिल्लामा भइरहेका बेतिथिको भण्डाफोर गर्ने भन्दै सार्वजनिक आह्वान समेत गरेको थियो । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ ।
भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षामा सहकार्य विस्तार गर्दै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानका एक करोड ९२ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा...