नेभिगेशन
सबै कुरा

स्वर्णलक्ष्मी सहकारी प्रकरणः ‘५० लाख ऋण पुष्पराज गिरीलाई, बिगो रविमाथि’

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेमाथिको थुनछेक बहस चलिरहेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसमा रविका तर्फबाट कानुन व्यवसायीहरूले बहस सकिएकाे छ। बहसक्रममा रविका कानुन व्यवसायीहरूले रविमाथिको आरोपको कानुनी प्रतिरक्षा गर्दै रविलाई थुनामुक्त गर्न माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केहीबरे अघि वरिष्ठ अधिवक्ताद्धय सुशील पन्त र रमन श्रेष्ठसहितकाे बहस सकिएकाे छ । बहसका क्रममा वरिष्ठ अधिवक्त्ता श्रेष्ठले रविमाथिको मुद्दामा कायम गरिएको बिगो, मुद्दाको प्रक्रियागत त्रुटि र जाहेरकर्ताहरुबारेमा आरोप पत्रको विरोधाभासलाई केलाएका छन् । 

Ncell
Extreme Energy

वरिष्ठ अधिवक्ता श्रेष्ठले रविमाथिको मुद्दामा जाहेरीकर्ता फरक फरक नम्बर उल्लेख भएकामा प्रश्न उठाए । ‘जाहेरीकर्ता कतै ६९० जना भनिएको छ, कतै ६६९ जना भनिएको छ । खासमा जाहेरीकर्ता कति जना हो ? ’ श्रेष्ठले प्रश्न गरे । 

यस्तै उनले रविमाथि कायम गरिएको बिगोको विश्वसनीयतामा गम्भिर प्रश्न गरे । आरोप पत्रमा रवि माथि फरक फरक बिगो कायम गरिएको भन्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले अरुले खाएको ऋणको बिगोसमेत रविमाथि थोपरिएको बताए ।

‘पुष्पराज गिरीको नाममा स्वर्णलक्ष्मी सहकारीबाट ५० लाख रुपैयाँ ऋण प्रवाह भएको तर सो बिगो रविमाथि कायम भएको देखियो,’ श्रेष्ठले भने । गिरी हाल कान्तिपुरमा कर्पोरेट म्यानेजरको जिम्मेवारीमा छन् । उनी गोरखा मिडियामा कार्यरत रहँदा २०८० असार ३१ गते ५० लाख रुपैयाँ ऋण सहकारीबाट उनको नाममा ऋण प्रवाह भएको आरोप पत्रमा उल्लेख छ।

गोर्खा मिडिया नेटवर्कको एडभान्स सेन्टरलाइजेसन्स कष्ट शीर्षकमा उनको नाममा ऋण गएको थियो । उक्त रकम सहकारीमा अझै फिर्ता नभएको आरोप पत्रमा उल्लेख छ ।      

यस्तै, गोर्खा मिडिया ग्रुपमा रवि कार्यरत रहँदा सहकारीबाट जम्मा ९० लाख रुपैयाँ ऋण प्रवाह भएको भए पनि रविमाथि सहकारीबाट गोर्खा मिडियामा आएको जति सबै रकममा बिगो कायम गरिएकोप्रति उनले प्रश्न गरे । रविलाई बिनासर्त थुनामुक्त गर्न र आरोपबाट सफाइ दिन पनि श्रेष्ठले माग गरे । अहिले रविकातर्फबाट भएको बहस सकिएको छ । अब सरकारी वकिल कार्यालयबाट जबाफी बहस सकियो भने आजै थुनछेकको आदेश हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई हजार ५ सय १९ सवारीचालक ट्राफिक कारबाहीमा

दुई हजार ५ सय १९ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३,  सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो...
फिफाले गर्‍यो एन्फालाई निलम्बनमा

फिफाले गर्‍यो एन्फालाई निलम्बनमा

निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टिम देखि क्लब सम्मको टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । फिफा र एएफसीबाट पाउँदै आएको फण्ड बन्द हुनेछ । एन्फा र यसका...
नेयमार ९८१ दिनपछि मैदानमा, भिनिसियसको कीर्तिमान

नेयमार ९८१ दिनपछि मैदानमा, भिनिसियसको कीर्तिमान

नेयमार कमब्याक गरेको समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध ३–० को जित निकाल्यो । म्याथ्युस कुन्हाको स्थानमा ७६औं मिनेटमा मैदान प्रवेश गरेका नेयमारले गोल भने गरेनन् ।...
बिहान पौने ७ बजेसम्म १८ सयले गरे मतदान

बिहान पौने ७ बजेसम्म १८ सयले गरे मतदान

राति १२ बजेदेखि मतदान सुरु भएको रास्वपाको विद्युतीय मतदानमा बिहान ७ बजेसम्म एक हजार ८ सय हाराहारीमा मतदान भएको छ । रास्वपा केन्द्रीय सदस्य पदमा ९९ पदका लागि...