नेभिगेशन
सबै कुरा

स्वर्णलक्ष्मी सहकारी प्रकरणः ‘५० लाख ऋण पुष्पराज गिरीलाई, बिगो रविमाथि’

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेमाथिको थुनछेक बहस चलिरहेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसमा रविका तर्फबाट कानुन व्यवसायीहरूले बहस सकिएकाे छ। बहसक्रममा रविका कानुन व्यवसायीहरूले रविमाथिको आरोपको कानुनी प्रतिरक्षा गर्दै रविलाई थुनामुक्त गर्न माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केहीबरे अघि वरिष्ठ अधिवक्ताद्धय सुशील पन्त र रमन श्रेष्ठसहितकाे बहस सकिएकाे छ । बहसका क्रममा वरिष्ठ अधिवक्त्ता श्रेष्ठले रविमाथिको मुद्दामा कायम गरिएको बिगो, मुद्दाको प्रक्रियागत त्रुटि र जाहेरकर्ताहरुबारेमा आरोप पत्रको विरोधाभासलाई केलाएका छन् । 

Ncell
Extreme Energy

वरिष्ठ अधिवक्ता श्रेष्ठले रविमाथिको मुद्दामा जाहेरीकर्ता फरक फरक नम्बर उल्लेख भएकामा प्रश्न उठाए । ‘जाहेरीकर्ता कतै ६९० जना भनिएको छ, कतै ६६९ जना भनिएको छ । खासमा जाहेरीकर्ता कति जना हो ? ’ श्रेष्ठले प्रश्न गरे । 

यस्तै उनले रविमाथि कायम गरिएको बिगोको विश्वसनीयतामा गम्भिर प्रश्न गरे । आरोप पत्रमा रवि माथि फरक फरक बिगो कायम गरिएको भन्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले अरुले खाएको ऋणको बिगोसमेत रविमाथि थोपरिएको बताए ।

‘पुष्पराज गिरीको नाममा स्वर्णलक्ष्मी सहकारीबाट ५० लाख रुपैयाँ ऋण प्रवाह भएको तर सो बिगो रविमाथि कायम भएको देखियो,’ श्रेष्ठले भने । गिरी हाल कान्तिपुरमा कर्पोरेट म्यानेजरको जिम्मेवारीमा छन् । उनी गोरखा मिडियामा कार्यरत रहँदा २०८० असार ३१ गते ५० लाख रुपैयाँ ऋण सहकारीबाट उनको नाममा ऋण प्रवाह भएको आरोप पत्रमा उल्लेख छ।

गोर्खा मिडिया नेटवर्कको एडभान्स सेन्टरलाइजेसन्स कष्ट शीर्षकमा उनको नाममा ऋण गएको थियो । उक्त रकम सहकारीमा अझै फिर्ता नभएको आरोप पत्रमा उल्लेख छ ।      

यस्तै, गोर्खा मिडिया ग्रुपमा रवि कार्यरत रहँदा सहकारीबाट जम्मा ९० लाख रुपैयाँ ऋण प्रवाह भएको भए पनि रविमाथि सहकारीबाट गोर्खा मिडियामा आएको जति सबै रकममा बिगो कायम गरिएकोप्रति उनले प्रश्न गरे । रविलाई बिनासर्त थुनामुक्त गर्न र आरोपबाट सफाइ दिन पनि श्रेष्ठले माग गरे । अहिले रविकातर्फबाट भएको बहस सकिएको छ । अब सरकारी वकिल कार्यालयबाट जबाफी बहस सकियो भने आजै थुनछेकको आदेश हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानका एक करोड ९२ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा...
ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै बडादसैँको टीका र जमरा लगाएका छन् ।
बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने प्रचलन छ । दसैँमा जमरालाई समृद्धि...