नेभिगेशन
सबै कुरा

न्यायाधीशलाई रविले भने ‘श्रीमान् प्रक्रिया नपुगी अदालत आएको मुद्दा खारेज गरियोस् ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो विरुद्धको मुद्दा खारेज योग्य भएको बताएका छन् । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा उनी विरुद्धको मुद्दाको काठमाडौँ जिल्ला अदालतमा जारी थुनछेक बहस सकिएपछि समय माग गर्दै लामिछानेले प्रक्रिया नपुगी आफूमाथि आरोपित गरेर मुद्दा ल्याइएको भन्दै मुद्दा नै खारेजीको माग गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बुधबार थुनछेक बहस सकिए पछि लामिछानेले केही कुरा राख्न भन्दै समय माग गरेका थिए । 

Ncell
Extreme Energy

त्यसपछि न्यायाधीश अधिकारीले रविलाई बोल्न समय दिएका थिए । प्रक्रियागत त्रुटीका कारण अनागरिक भएको आफू नै जिउँदो नजिर साक्षी रहेको भन्दै लामिछानेले यो मुद्दामा पनि प्रक्रिया नपुगेको भन्दै खारेजभागी रहेको बताए । ‘श्रीमान् म एउटा नजिर पेश गर्छु  । म जिउँदो नजिर हुँ । एउटा कागजी प्रक्रिया नपुग्दा कसैलाई हानी नगर्दा म अनागरिक भएको हुँ,’ लामिछानेले भने,‘ यो मुद्दामा पनि प्रक्रिया पुगेको छैन् र यो मुद्दा खारेज होस् श्रीमान् ।

उनी विरुद्धको मुद्दाको थुनछेक बहस सकिएको र केही बेरमा थुनछेकको आदेश हुने जिल्ला अदालत काठमाडौँले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानका एक करोड ९२ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा...
ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै बडादसैँको टीका र जमरा लगाएका छन् ।
बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने प्रचलन छ । दसैँमा जमरालाई समृद्धि...