नेभिगेशन
सबै कुरा

रवि विरुद्ध बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बबरमहल सडकमा लात्ति र मुक्का

काठमाडौँ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुर्व्यवहार भएको छ । जिल्ला अदालत काठमाडौँबाट बाहिरिँदै गर्दा बाहिर सडकमा उनीमाथि दुर्व्यवहार भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आज काठमाडौँ जिल्ला अदालतमा जारी रवि लामिछानेको थुनछेक बहसमा रविको विपक्षमा बहस गरेका थिए । अदालत बाहिर रहेको मानिसहरको समूहले त्रिपाठी विरुद्ध नाराबाजी गर्दै उनलाई धक्का दिएर लखेटेका थिए । उनलाई अन्य मानिसहरूले भीडबाट बचाएका थिए । घटनास्थलमा रहेको सिधाकुराकर्मी लक्ष्मण गिरीअनुसार अदालत परिसरबाट बाहिरिएर सञ्चार माध्यममा प्रक्रिया दिँदै गर्दा उनीमाथि धक्का मुक्का भएको हो । 

Ncell
Extreme Energy

त्यसपछि त्रिपाठी भागेर अर्को बाटो हुँदै पुनः अदालत परिसरमा प्रवेश गरेका थिए । अदालत परिसरमा भेला भएका मानिसहर को हुन भन्ने खुलेको छैन् । 

कतिपयले उनीहरु रास्वपा समर्थक रहेको आरोप लगाएका छन् । तर, रास्वपाले रवि विरुद्धको मुद्दाको सुनुवाइ क्रममा  अदालत परिसरमा नेता कार्यकर्तालाई नबोलाइएको र  उनीहरूको को हुन भन्ने थाहा नभएको बताएको छ । ‘पार्टी र स्वयम् सभापतिज्यूले न्यायिक प्रक्रियालाई सघाई रहेको अवस्था छ,’  एक नेताले सिधाकुरासँग भने, ‘कसैसँग कुनै खालको वैमनस्यता पार्टी र सभापति ज्यूको छैन् । कसैको व्यक्तिगत रिसइबी भए हामीले जान्ने कुरा होइन । ’

जो कसैबाट भए पनि अधिवक्ता त्रिपाठीमाथि भएको दुर्व्यवहार गलत भएको भन्दै रास्वपाले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानका एक करोड ९२ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा...
ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै बडादसैँको टीका र जमरा लगाएका छन् ।
बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने प्रचलन छ । दसैँमा जमरालाई समृद्धि...