नेभिगेशन
सबै कुरा

रवि विरुद्ध बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बबरमहल सडकमा लात्ति र मुक्का

काठमाडौँ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुर्व्यवहार भएको छ । जिल्ला अदालत काठमाडौँबाट बाहिरिँदै गर्दा बाहिर सडकमा उनीमाथि दुर्व्यवहार भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आज काठमाडौँ जिल्ला अदालतमा जारी रवि लामिछानेको थुनछेक बहसमा रविको विपक्षमा बहस गरेका थिए । अदालत बाहिर रहेको मानिसहरको समूहले त्रिपाठी विरुद्ध नाराबाजी गर्दै उनलाई धक्का दिएर लखेटेका थिए । उनलाई अन्य मानिसहरूले भीडबाट बचाएका थिए । घटनास्थलमा रहेको सिधाकुराकर्मी लक्ष्मण गिरीअनुसार अदालत परिसरबाट बाहिरिएर सञ्चार माध्यममा प्रक्रिया दिँदै गर्दा उनीमाथि धक्का मुक्का भएको हो । 

Ncell
Extreme Energy

त्यसपछि त्रिपाठी भागेर अर्को बाटो हुँदै पुनः अदालत परिसरमा प्रवेश गरेका थिए । अदालत परिसरमा भेला भएका मानिसहर को हुन भन्ने खुलेको छैन् । 

कतिपयले उनीहरु रास्वपा समर्थक रहेको आरोप लगाएका छन् । तर, रास्वपाले रवि विरुद्धको मुद्दाको सुनुवाइ क्रममा  अदालत परिसरमा नेता कार्यकर्तालाई नबोलाइएको र  उनीहरूको को हुन भन्ने थाहा नभएको बताएको छ । ‘पार्टी र स्वयम् सभापतिज्यूले न्यायिक प्रक्रियालाई सघाई रहेको अवस्था छ,’  एक नेताले सिधाकुरासँग भने, ‘कसैसँग कुनै खालको वैमनस्यता पार्टी र सभापति ज्यूको छैन् । कसैको व्यक्तिगत रिसइबी भए हामीले जान्ने कुरा होइन । ’

जो कसैबाट भए पनि अधिवक्ता त्रिपाठीमाथि भएको दुर्व्यवहार गलत भएको भन्दै रास्वपाले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

शनिबार ललितपुरमा दोश्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सहि भनेको अवस्थमा सभापति...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...
निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल...

भर्खरै