नेभिगेशन
सबै कुरा

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको घटनामा पार्टी सदस्यको संलग्नता भेटिए कारबाही हुन्छः रास्वपा


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला अदालत काठमाडौँबाट बहस पश्चात्  निस्किँदै गर्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले विज्ञप्ती जारी गर्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएका हुन् । 

Ncell
Extreme Energy

सो घटनामा यदि पार्टीको कुनै पनि सदस्यको संलग्नता भेटिएमा कानुन बमोजिम कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने रास्वपाले जनाएको छ । यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि कदापी स्वीकार्य नहुने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । 

जिल्ला अदालत काठमाडौँबाट बाहिरिँदै गर्दा बाहिर सडकमा त्रिपाठीमाथि दुर्व्यवहार भएको थियो । 

उनले आज काठमाडौँ जिल्ला अदालतमा जारी रवि लामिछानेको थुनछेक बहसमा रविको विपक्षमा बहस गरेका थिए । अदालत बाहिर रहेको मानिसहरुको समूहले त्रिपाठी विरुद्ध नाराबाजी गर्दै उनलाई धक्का दिएर लखेटेका थिए । उनलाई अन्य मानिसहरूले भीडबाट बचाएका थिए । 

अदालत परिसरमा भेला भएका मानिसहरु को हुन भन्ने खुलेको छैन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

शनिबार ललितपुरमा दोश्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सहि भनेको अवस्थमा सभापति...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...
निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल...

भर्खरै