नेभिगेशन
सबै कुरा

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको घटनामा पार्टी सदस्यको संलग्नता भेटिए कारबाही हुन्छः रास्वपा


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला अदालत काठमाडौँबाट बहस पश्चात्  निस्किँदै गर्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले विज्ञप्ती जारी गर्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएका हुन् । 

Ncell
Extreme Energy

सो घटनामा यदि पार्टीको कुनै पनि सदस्यको संलग्नता भेटिएमा कानुन बमोजिम कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने रास्वपाले जनाएको छ । यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि कदापी स्वीकार्य नहुने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । 

जिल्ला अदालत काठमाडौँबाट बाहिरिँदै गर्दा बाहिर सडकमा त्रिपाठीमाथि दुर्व्यवहार भएको थियो । 

उनले आज काठमाडौँ जिल्ला अदालतमा जारी रवि लामिछानेको थुनछेक बहसमा रविको विपक्षमा बहस गरेका थिए । अदालत बाहिर रहेको मानिसहरुको समूहले त्रिपाठी विरुद्ध नाराबाजी गर्दै उनलाई धक्का दिएर लखेटेका थिए । उनलाई अन्य मानिसहरूले भीडबाट बचाएका थिए । 

अदालत परिसरमा भेला भएका मानिसहरु को हुन भन्ने खुलेको छैन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानका एक करोड ९२ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा...
ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै बडादसैँको टीका र जमरा लगाएका छन् ।
बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने प्रचलन छ । दसैँमा जमरालाई समृद्धि...