नेभिगेशन
सबै कुरा

आवासगृहमा आगलागी हुँदा एक जना घाइते

म्याग्दी । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् । 

Ncell
Extreme Energy

तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने प्रचलन छ । दसैँमा जमरालाई समृद्धि...
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
आज नेपाल प्रहरीले तीन रुटमा  चलाउनेछ निःशुल्क बस

आज नेपाल प्रहरीले तीन रुटमा चलाउनेछ निःशुल्क बस

बडादसैँका अवसरमा सर्वसाधारणको सहज आवतजावतका लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँजस्ता चाडपर्वले नेपालीबीचको पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन्।