नेभिगेशन
सबै कुरा

कांग्रेसकाे निष्कर्ष, ‘सत्ता समिकरणमा कुनै समस्या छैन, मिलेर अघि बढ्ने हो’

काठमाडौँ । नेपाली कांग्रेसले हालको सत्ता समिकरणमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिनका लागि आह्वान गरिएको बैठकले सो निष्कर्ष निकालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकबाट बाहिरिने क्रममा कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबिच कुनै विवाद नरहेको र यहि सरकार गतिशिल ढंगले अघि बढ्ने निष्कर्ष निकालेको बताए । ‘यो नेपाली कांग्रेसको संघीय संसदीय दलको कार्यसमितिको बैठक थियो’, गृहमन्त्री लेखकले भने, ‘आजको बैठकमा सबैजना मन्त्रीहरु उपस्थित भएर आआफ्ना कार्यविवरणमाथि छलफल भएको छ । आजको छलफलले हामी दुई दल मिलेर सरकार बनेको छ, हाम्रा बिचमा कुनै समस्या छैन, सरकारमा काम गर्न कुनै बाधा व्यवधानहरु छैनन । अब आआफ्ना मन्त्रालयहरुमा थप राम्रा काम कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ ।’

Ncell
Extreme Energy

त्यस्तै आजको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको ७ बुँदे सहमति अनुसार समिकरणलाई अगाडि लिएर जाने विषयमा छलफल भएको उनले बताए । ‘पहिलो कुरा, नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको ७ बुँदे सहमति अनुसार यो समिकरणलाई अगाडि लिएर जाने कुरामै केन्द्रीत भएर हामी काम गर्ने हो भन्ने विषयमा छलफल भयो।’, गृहमन्त्री लेखकले भने, ‘दोस्रो कुरा, सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि गर्ने, शुसासन कायम गर्ने कुरामा केन्द्रीत भएर काम गर्ने विषयमै छलफल भयो ।’ 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...