नेभिगेशन
सबै कुरा

कांग्रेसकाे निष्कर्ष, ‘सत्ता समिकरणमा कुनै समस्या छैन, मिलेर अघि बढ्ने हो’

काठमाडौँ । नेपाली कांग्रेसले हालको सत्ता समिकरणमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिनका लागि आह्वान गरिएको बैठकले सो निष्कर्ष निकालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकबाट बाहिरिने क्रममा कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबिच कुनै विवाद नरहेको र यहि सरकार गतिशिल ढंगले अघि बढ्ने निष्कर्ष निकालेको बताए । ‘यो नेपाली कांग्रेसको संघीय संसदीय दलको कार्यसमितिको बैठक थियो’, गृहमन्त्री लेखकले भने, ‘आजको बैठकमा सबैजना मन्त्रीहरु उपस्थित भएर आआफ्ना कार्यविवरणमाथि छलफल भएको छ । आजको छलफलले हामी दुई दल मिलेर सरकार बनेको छ, हाम्रा बिचमा कुनै समस्या छैन, सरकारमा काम गर्न कुनै बाधा व्यवधानहरु छैनन । अब आआफ्ना मन्त्रालयहरुमा थप राम्रा काम कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ ।’

Ncell
Extreme Energy

त्यस्तै आजको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको ७ बुँदे सहमति अनुसार समिकरणलाई अगाडि लिएर जाने विषयमा छलफल भएको उनले बताए । ‘पहिलो कुरा, नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको ७ बुँदे सहमति अनुसार यो समिकरणलाई अगाडि लिएर जाने कुरामै केन्द्रीत भएर हामी काम गर्ने हो भन्ने विषयमा छलफल भयो।’, गृहमन्त्री लेखकले भने, ‘दोस्रो कुरा, सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि गर्ने, शुसासन कायम गर्ने कुरामा केन्द्रीत भएर काम गर्ने विषयमै छलफल भयो ।’ 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।

भर्खरै