नेभिगेशन
सबै कुरा

अब बाह्रै महिना मेलम्चीको पानीको आपूर्ति बन्द हुँदैनः खानेपानी यादव

ललितपुर । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अव बन्द नहुने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा वर्षातको समयमा काठमाडौँमा पानी आपूर्ति बन्द हुने भए पनि अब बाह्रै महिना मेलम्चीको पानी आपूर्तिका लागि विकल्प खोजिसकेको बताए । उनले मेलम्ची नजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्नेगरि तयारी भइरहेको बताए । 

Ncell
Extreme Energy

मन्त्री यादवले मेलम्ची पानी आपूर्तिमा उपत्यकाबासीको विश्वास हट्न नदिने जिकिर गरे । असारदेखि चार महिनाका लागि मेलम्चीको पानी बन्द गरिदै आएकोमा यस बर्ष आफ्नो पहलका कारण दशै अगाडी नै मेलम्चीको पानी आपूर्ति गर्न सफल भएको उनले बताए । मन्त्री यादवले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेकोमा विविध कारणले ३ देखि ४ करोड पानी बागमतिमा पठाइएको जानकारी दिए । 

उनले जलस्रोत धनी मुलुक नेपालमा खानेपानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था अव नआउने बताए । मन्त्री यादवले अब काठमाडौँ उपत्यकामा खानेपानीको समस्या नहुने प्रतिवद्धता जनाएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...