नेभिगेशन
सबै कुरा

अब बाह्रै महिना मेलम्चीको पानीको आपूर्ति बन्द हुँदैनः खानेपानी यादव

ललितपुर । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अव बन्द नहुने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा वर्षातको समयमा काठमाडौँमा पानी आपूर्ति बन्द हुने भए पनि अब बाह्रै महिना मेलम्चीको पानी आपूर्तिका लागि विकल्प खोजिसकेको बताए । उनले मेलम्ची नजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्नेगरि तयारी भइरहेको बताए । 

Ncell
Extreme Energy

मन्त्री यादवले मेलम्ची पानी आपूर्तिमा उपत्यकाबासीको विश्वास हट्न नदिने जिकिर गरे । असारदेखि चार महिनाका लागि मेलम्चीको पानी बन्द गरिदै आएकोमा यस बर्ष आफ्नो पहलका कारण दशै अगाडी नै मेलम्चीको पानी आपूर्ति गर्न सफल भएको उनले बताए । मन्त्री यादवले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेकोमा विविध कारणले ३ देखि ४ करोड पानी बागमतिमा पठाइएको जानकारी दिए । 

उनले जलस्रोत धनी मुलुक नेपालमा खानेपानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था अव नआउने बताए । मन्त्री यादवले अब काठमाडौँ उपत्यकामा खानेपानीको समस्या नहुने प्रतिवद्धता जनाएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।

भर्खरै